- लुम्बिनी
महासिद्ध स्यानचुरी फर युनिभर्सल पिस केन्द्र निर्माणकालागि मुठीदान सहयोग अभियान अन्तर्गत विद्युत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङले १ रुपैया दान गरेका छन् । उनले केन्द्रका परिकल्पनाकार श्यालपातेन्जिङ रिम्पोचेंलाई लुम्बिनीमा बुधबार आयोजित कार्यक्रममा एक रुपिया दान गरेका हुन् ।
अघिल्लो महिना बुद्ध जन्मस्थल लुम्बिनीकै आकर्षण थप्ने गरि बनाउन लागिएको केन्द्रकालागि मुठीदान अभियान अन्तर्गत एक रुपिया दान कार्यक्रमको सुरुवात दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन (सार्क) महासचिव एसला रुवान विराकोनले गरेका थिए । उनले पनि एक रुपिया दान गरेका थिए ।
अभियान अन्तर्गत निर्माण स्थलमा पुग्दै एक रुपिया दान गर्नेहरु बढी रहेका छन् । त्यस्तै पशुपति क्षेत्र विकास कोष सदस्य सचिब डा. प्रदीप ढकालले एक रुपिया दान गरेका थिए ।
नेपालमा एक रुपिया र अन्यत्र एक डलर दान अभियान चलाएर लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन सबैतिरबाटै व्यापक सहभागीता र योगदान होस् भन्ने उद्देश्यले अभियान चलाईएको परिकल्पनाकार रिन्पोचेंले बताए ।
‘यस्तो कामले सबैको सहभागीता हुन्छ,’ उनले भने, अपनत्व बढेर शान्ति, सद्भाव, मैंत्री र करुणाको भावना उत्पे्ररित हुन्छ ।’ मुठी दानमा सबैले अपन्तव जनाएर लुम्बिनीलाई विश्व शान्तिको मुहान आग्रह पनि उनले गरे ।
युनिभर्सल पिस केन्द्रमा दुई हजार बढी क्षमताको सभाकक्ष, शान्ति वार्ता र ध्यान कक्ष, पुस्तकालय र संग्रहालय हुनेछन् । त्यस्तै विहार र गुम्बा रहने अत्याधुनिक केन्द्र हुन्छ । जर्मन आर्किटेक्टले डिजाईन गरेको कमलको फुल आकारमा बनाउन लागेको वल्र्ड पिस केन्द्र ३ वर्ष भित्र निर्माण पूरा गर्ने लक्ष्यछ । महायानी संप्रदायलाई छुटयाईएको पश्चिम क्षेत्रको एक सय बिस वाई एक सय बिस मिटर वर्गाकार प्लटमा दक्षिण कोरियाली विहार नजिक वल्र्ड पिस केन्द्र निर्माण भईरहेको छ । केन्द्रको फाउण्डेसनकालागि पाईलिङ गर्ने काम संपन्न भएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.