- बुटवल
रुपन्देहीमा एक भारतीय ट्रकमा पेस्तोल फेला परेको छ । राजश्व अनुसन्धान सम्बन्धि मुद्दामा राजश्व अनुसन्धान कार्यालय बुटवलको कम्पाउण्डमा रहेको न्व् ण्टब्श् टघछज्ञ नम्बर प्लेट भएको भारतीय कन्टेनर गाडीमा सो पेस्तोल फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता सत्यनारायण थापाका अनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र राजश्व अनुसन्धानको संयुक्त टोलीले चेक जाँचका क्रममा सो पेस्तोल फेला परेको हो ।
कन्टेनरको एयर फिल्टर भित्र लुकाएर पेस्तोल राखिएको थियो । पेस्तोलमा ध्भ्द्यीभ्थ्।घद्द लेखेको बताइएको छ । पेस्तोल बरामद पछि थप अनुसन्धान सुरु भएको प्रवक्ता थापाले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.