- भैरहवा
माघी महोत्सव रुपन्देहीमा आयोजना हुने भएको छ । थारु कल्याण कारिणी सभा रुपन्देहीको आयोजनामा महोत्सव आयोजना हुन लागेको हो । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ८, मतखोला स्थित जनचेतना आधारभुत विद्यालयको प्रांगणमा (बसडिलवा शिव मन्दिर पश्चिम) आयोजना हुने माघी उत्सव दुई दिन सम्म मनाइने थारु कल्याण कारिणी सभा रुपन्देहीका अध्यक्ष सतिश कुमार चौधरीले बताए ।
थारु जातिले माघ महिनालाई को नयाँ वर्षको रुपमा लिने गरेका छन् । ‘हमन भाषा, कला संस्कृति अउर पहिचान, संरक्षण सम्वद्र्धन कइना हम्मनके अभियान’ भन्ने नारा सहित माघी महोत्सव हुने चौधरीले बताए । (भिडियाे हेर्न तलकाे फाेटाेमा Click गर्नुहाेस्)
यस वर्ष थारु नयाँ वर्ष २६४५ हो र त्यसैलाई मध्यनजर गर्दै उत्सव आयोजना हुँदैछ । थारुहरु नै राष्ट्रको मुलवासी भएको र थारु भाषा, संस्कृतिको संरक्षण गर्नु मुल उद्धेश्य रहेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
माघी महोत्सवको २ दिने कार्यक्रममा २७ गते रक्तदान तथा मुख्य कार्यक्रम २८ गते हुने छ । मुख्य कार्यक्रमका दिन सांस्कृतिक कार्यक्रम थारु खाना महोत्सब, भेषभुषा तथा थारु सामाग्री प्रदर्शन लगायत हुनेछन् ।
मूल समारोहको थारु खाना उत्सवमा ढिकरी, घोङी, पटुसनी, पकौडी, माछा लगायत पराम्परागत खानाका परिकारका स्टलहरु राखिने बताइएको छ ।
महोत्सवको मुख्य उद्धेश्य थारु भाषा, संस्कृतिको प्रवद्र्धन रहेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व मन्त्री डा.सुरेन्द्र चौधरी आउने बताइएको छ ।
थारु कल्याण कारिणी सभाका जिल्ला सभापति सतिश कुमार चौधरीको अध्यक्षता केन्द्रीय उपसभापति देवीप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन सचिव सरिता चौधरीले गरेकी थिइन् ।
Get real time update about this post categories directly on your device, subscribe now.