- भैरहवा
यही शनिबार हुने उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको निर्वाचनमा सिद्धार्थ उद्योग बाणिज्य संघले पूर्व अध्यक्ष कृष्ण प्रसाद शर्मालाई अध्यक्षको उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ । शनिबार बोधी रेडशन होटलमा वार्षिक साधारण सभाबाट नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।
विगत २ दशकदेखि विभिन्न उद्योग व्यजसायमा संलग्न रहेका अध्यक्षका उम्मेदवार शर्मा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य हुन् । उनि २०६७ सालदेखि महासंघमा केन्द्रीय सदस्य रहदै आएका थिए भने महासंघमा २०६४।६६ मा तत्कालिन लुम्बिनी अञ्चल प्रतिनिधि समेत भइसकेका थिए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ नेपालमै प्रतिष्ठित जिल्ला नगर उद्योग वाणिज्य संघका रुपमा रहेको तथा महासंघ स्थापना हँुदाको सस्थापक सदस्य समेत रहेकाले उद्योग वाणिज्य लगायत बिभिन्न क्षेत्रमा नीति बनाउँदा सिद्धार्थ उवासंघका अग्रस्थानमा आउने गरेको छ ।
यस क्षेत्र अहिले नेपालमै उद्योग व्यवसायका लागि आकर्षित हुँदै गएको, बिशेष आर्थिक क्षेत्र भैरहवा सेज, गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणको अन्तिम तिर, बुद्धजन्मस्थल लुम्बिनीको प्रवेशद्वार साथै स्थलमार्ग हुँदै बढी विदेशी पर्यटक आउने नाका समेत रहेको हुँदा यस क्षेत्रलाई आर्थिक रुपमा चलायमान बनाउदै गतिशील बनाउन प्रदेशमा नेतृत्व गर्न योग्य व्यक्तिको आवश्यकता देखिएको र त्यस्को नेतृत्व शर्माले गर्न सक्ने भएकाले अध्यक्षको उम्मेदवारका रुपमा प्रस्तुत गरेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले बताए । न्यौपानेले लुम्बिनी प्रदेश अन्तरगतका सम्पूर्ण जिल्ला नगर उद्योग वाणिज्य संघ, एशोसियट सदस्य, वस्तुगत सदस्यहरुलाई शर्मालाई मत दिएर निर्वाचित गराउन आग्रह गरेका छन् ।
अध्यक्षका उम्मेदवार शर्माले लुम्बिनी प्रदेश उद्योग वाणिज्य संघको सचिवालयमा संस्थायत सुधार गरी समुन्नत प्रदेश उद्योग वाणिज्य महासंघको निर्माण गर्ने, सबै जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई सङ्घीय संरचना अनुसार स्थानीयदेखि केन्द्रसम्मको प्रभावकारी संजाल स्थापना गरी सेवा प्रदान गर्ने, जिल्ला नगर उद्योग वाणिज्य संघहरुको सस्थागत विकासका कार्यक्रम, उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि सशक्त पहल, समुन्नत प्रदेशको कृषि पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार समक्ष सहकार्य गर्ने, कर राजस्व भन्सार विद्युत लगायतका व्यवसायिक समस्या समाधानका लागि सशक्त रुपमा पहल गर्ने, ओद्योगिक व्यवसायिक वातावरण निर्माणमा जोड लगायतका योजना रहेको बताउँदै मत दिएर विजयी बनाउन आग्रह गरेका छन् ।
लुम्बिनी प्रदेशमा ३० वटा जिल्ला (नगर उद्योग वाणिज्य संघ र एशोसियटतर्फ ११२ मत छ । महासंघको विधान अनुसार जिल्ला (नगरतर्फ ५० प्रतिशत र एशोसियटतर्फ ३० प्रतिशत मतभार छ । तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा बुटवल उद्योग वाणिज्य संघका तर्फबाट सुरेन्द्रप्रसाद श्रेष्ठ पनि अध्यक्षका उम्मेदवार छन् ।
- जिल्ला नगर र एशोसिएट उपाध्यक्ष निर्विरोध
महासंघको जिल्ला नगर उपाध्यक्षमा रोल्पा उद्योग वाणिज्य संघबाट बालकृष्ण सुवेदी र एशोसियट उपाध्यक्षमा रोहिणी इन्भेष्टमेन्ट प्रालि रुपन्देहीका दीपककुमार पौडेल निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै एशोसियटबाट दुई कार्यकारिणी सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् । स्वर्गद्वारी मल्टिप्रपोज प्रालि सुनवलका गोपालप्रसाद भट्टराई र गोयन्का स्टिल प्रालि रुपन्देहीका अमितकुमार गोयन्का निर्विरोध निर्वाचित भएका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.