- श्रीन्यूज ओके रिपोर्टर /भैरहवा
लुम्बिनी प्रदेशमा माघ १ र २ गते माघीको अवसरमा सार्वजनिक बिदा हुने भएको छ । साथै ३ माघका दिन शनिबार परेकोले लगातार ३ दिन सार्वजनिक विदा हुने भएको हो ।
प्रदेशका आर्थिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता माधवराज मरासिनी द्धारा पुष २६ गते हस्ताक्षरित सार्वजनिक बिदा सम्बन्धी सूचनामा माघी ÷माघे सक्रान्ति पर्वका अवसरमा लुम्बिनी प्रदेश भर सार्जजनिक विदारहेको जनाईएको छ ।
प्रदेश सरकार मन्त्रिपरिषदको मिति २०७७ बैशाख १० गते बिक्रम सम्बत २०७७ सालका लागि लुम्बिनी प्रदेशका थप सार्वजनिक एवम पर्व बिदा सम्बन्धी सूचना २०७७ बैशाख १७को राजपत्रमा प्रकाशन भैसकेको सूचनामा उल्लेख छ ।
माघ १ गते विहिवार, २ गते शुक्रवार र ३ गते शनिबार परेकोले ३ दिन लगातार बिदा लुम्बिनी प्रदेशमा हुने भएको हो ।
Get real time update about this post categories directly on your device, subscribe now.