- भैरहवा ।
सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई सहयोग गर्ने उद्धेश्यले लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले भैरहवा सिद्धार्थनगर नगरपालिका–२ मा रहेको मेउडिहवा आधारभूत विद्यालयमा २ लाख १६ हजार १ सय रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ ।
उक्त रकम बराबरको अक्षयकोष स्थापना गरिएको र अक्षयकोष रकमबाट आउने व्याजबाट विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गरिने लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका अध्यक्ष शिवनाथ गुप्ताले बताए ।
लायन्स इन्टरनेशनलका सस्थापक मेल्भिन जोन्सको १४२ औं जन्मोत्सवको अवसर पारी अक्षयकोष स्थापना भएको गुप्ताले बताए । सो क्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्राटिजिक चिफ धर्मराज श्रेष्ठले यस सामुदायिक विद्यालयमा अध्ययनगर्ने बालबालिकालाई यो अक्षयकोषले सहयोग पुग्ने बताउँदै अन्य संघसस्थाले पनि सामुदायिक विद्यालयलाई मद्दत गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्राटिजिक चिफ नवराज न्यौपाने, महेशचन्द्र थापा, सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिपक कुमार थापा, लायन्स इन्टरनेशनल ३२५ बी टु नेपाल एरिया–४ का हेड इभालुयसन विनोद खरेल, लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु नेपालका एओजी अर्चित श्रेष्ठ, लायन्स रिजन चेयरपर्सन शुशिल गुरुङ विद्यालयका प्रअ आशा थापा लगायतले लायन्स क्लबले शिक्षा क्षेत्रमा गरेको सहयोग अमूल्य रहेको बताए ।
क्लबका अध्यक्ष शिवनाथ गुप्ताको अध्यक्षता, जनसम्पर्क अधिकारी बीना पौडेलको ध्वजा अभिवादन, कार्यक्रम संयोजक एवम् क्लबका सचिव भीम बहादुर थापाको स्वागत तथा प्रथम उपाध्यक्ष गोविन्द प्रसाद गिरीको सञ्चालनमा अक्षयकोष स्थापना सम्पन्न भएको थियो । यसै वर्ष स्थापना भएको यो क्लबले स्थापनाको छोटो अवधिमै स्वास्थ्य, शिक्षा, लगायतका क्षेत्रमा रचनात्मक कार्य गर्दै आएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.