श्रीन्यूज ओके रिपोर्टर
काठमाण्डौ
कोरोना भाइरस सक्रमण र जोखिमका कारण धरासायी भएको पर्यटन व्यबसाय सुधार गर्न नेपाल पर्यटन बोर्डले भारतिय सिमानाका खोल्ने सहितको १२ बुदे सुझाव पठाएको छ । पर्यटन बोर्डले कोभिड–१९ का कारण पर्यटन आगमन ठप्प रहेकाले पर्यटक आगमनमा सहजीकरण गर्न पर्यटन सम्बद्ध संघ–संस्थाहरूसँग छलफल पछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध सहितको १२ बुदे प्रस्ताव पठाएको हो ।
बोर्डले मन्त्रालयमा प्रस्ताव गरेको सुझावमा भारतिय सिमानाका खोल्ने सहितका १२ बुदा रहेका छन् । जसमा हवाई मार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट भिजिट अन एराइभल सेवा सुचारु गर्नुपर्ने , हवाई मार्गबाट नेपाल भित्रिने यात्रुहरूको हकमा हवाई यात्रा प्रारम्भ हुने पहिलो प्रस्थानविन्दुबाट ९६ घण्टाको अवधिमा गरिएको कोभिड–१९ को निगेटिभ रिपोर्ट अनिवार्य भएको हुनुपर्ने तर, पाँच वर्षमुनिका बालबालिकाको हकमा यो नियम लागू नहुने सुभावमा भनिएको छ ।
त्यस्तै भारतीय बाहेक अन्य मुलुकका यात्रुहरूले नेपाल आई पुनः कोभिड–१९ को चेक गर्नुपर्ने र सो रिपोर्ट नेगेटिभ आएको खण्डमा क्वारेन्टाइनमा बस्न नपर्ने, यात्रुहरूको स्वाप संकलन त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलमा हुने र २४ घण्टाभित्र पीसीआर रिपोर्ट दिने व्यवस्था मिलाउन सुझाएको छ ।
भारतीय नागरिकको हकमा एयरबवल मोडेलअनुसार यात्रा सहजीकरण गर्नुपर्ने, भारतसँग जोडिएका सम्पूर्ण नाकाहरू खुला गरी स्थलमार्गबाट निजी तथा पर्यटकीय सवारीसाधन लिएर नेपाल भित्रिने भारतीय तथा अन्य मुलुकका यात्रुहरूका लागि ९६ घण्टा अवधिमा गरिएको कोभिडको रिपोर्ट हुनुपर्ने, स्थलमार्गबाट निजी तथा पर्यटकीय सवारीसाधन लिएर भारतबाट नेपाल भित्रिने अन्य मुलुकका यात्रुहरूले नेपाल आई पुनः कोभिड–१९ को जाँच गर्नुपर्ने र सो रिपोर्ट नेगेटिभ आएको खण्डमा क्वारेन्टाइनमा बस्न नपर्ने । यात्रुहरूको स्वाप टेस्टको संकलन नेपाल आएको नाकाबाट नै हुने र २४ घण्टाभित्र पीसीआर रिपोर्ट दिने व्यवस्था मिलाउन सुझावमा भनिएको छ । पर्यटकलाई सहजीकरण कोभिड–१९ को खोप लगाएका पर्यटकलाई पर्यटकीय गन्तव्यमा कुनै बन्देज गर्न नहुने गरी मन्त्रालयमा सिफारिस गरिएको छ ।
नेपालका सम्पूर्ण पर्यटकीय क्षेत्रसँग सम्बद्ध निकायले सरकारले तोकिएको स्वस्थ्य सुरक्षाका मापदण्ड पालना गरी पर्यटन क्षेत्र सुचारु गर्न भनिएको छ । यसरी नेपाल आएका पर्यटकलाई नेपालभित्र आवश्यकता महसुस गरेमा होटल र अस्पतालले सहकार्य गरी प्रत्येक प्रदेशका कोभिड केयर सञ्चालन गर्न प्रस्तावमा उल्लेख छ ।
नेपाल भित्रिने सम्पूर्ण यात्रुहरूको अनिवार्य रूपमा यात्रा बिमा गरिएको हुनुपर्ने छ । यसरी सबै तोकिएको सर्त पालना गरी नेपाल भ्रमणमा आउने पर्यटकलाई भिसा सिफारिस सम्बन्धमा अध्यागमन विभागले पर्यटन भिसा सहजीकरण गरी पर्यटन आगमनमा सहज गर्नुपर्न उल्लेख गर्दै बोर्डलेमन्त्रालयमा सुझाव सहितको प्रस्ताव पेश गरेको हो ।
Get real time update about this post categories directly on your device, subscribe now.