- भैरहवा
निर्वाचनको तयारीमा राज्यका सबै पक्षहरु तयारीमा लागिरहेको राज्यका निकायमात्र नभई राजनैतिक दलहरु पनि निर्वाचनको आन्तरिक तयारीमा जुटेको अर्थमन्त्री एवं नेकपाका महासचिब बिष्णु प्रसाद पौडेलले बताएका छन् ।
गृहजिल्ला रुपन्देहीमा विभिन्न कार्यक्रममा सहभागी हुन आइपुगेका मन्त्री पौडेलसँग प्रेस संगठन रुपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सो भनाई राखेका हुन् । उनले निर्वाचन तोकिएकै समयमा हुन्छ र सरकार एवम् सरोकारवाला निकायहरु तयारीमा जुटीसकेको बताए ।
तोकिएकै समयमा निर्वाचन हुने आधार के छ त भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा मन्त्री पौडेलले भने, ‘निर्वाचन आयोगले आफ्नो तयारी सुरु गरिसकेको छ, सरकारले श्रोत जुटाई रहेको छ, सुरक्षा निकायले आफ्नो तयारी गरिरहेको छ,’ सबै तयारी सुरु भइसकेको छ, सरकार जनता कसरी भए रहित वातावरणमा मतदान गर्न सक्नेछन् भन्ने तर्फ ध्यान दिइरहेको छ ।’ पौडेलले भने ।
अदालतको प्रतिक्षा सबैले गरेका छन्, अदालतले अहिले अन्तरिम आदेश समेत दिएको छैन, निर्वाचन आयोगलाई कुनै काम अघि नबढाउन भनेको अवस्था पनि छैन, त्यसैले ढुक्क हुनुस तोकिएकै समयमा निर्वाचन हुन्छ, केही लालबुझक्कडहरुले मात्रै निर्वाचनका विषयमा अस्वस्थ टिप्पडी गर्ने गरेको भनाई मन्त्री पौडेलको थियो । अरु कुरा छाडांै राजनितिकदलहरुले समेत आन्तरिक रुपमा निर्वाचनको तयारी गरेका छन्, उनले दाबी गर्दै भने ।
मन्त्री पौडेलले अर्को पक्ष (प्रचण्ड–नेपाल) लाई कोठामा बसेर नीति, नियम, कानून पार्टीका धारा मिचेर गर्ने निर्णयको कुनै तुक र अर्थ समेत नरहने प्रष्ट पारे । उनले प्रधानमन्त्रीले प्रतिनिधीसभा बिघटन गर्ने अधिकार रहेको भन्दै भने, प्रधानमन्त्रीले प्रतिनिधी सभा विघटन गर्न नहुने भए कसले गर्छ त ? पत्रकार सम्मेलनमा उनले आर्थिक सूचकांकहरु राम्रो रहेको र लक्ष्य अनुसार राजश्व सङ्कलन हुने र अहिले अर्थतन्त्रले बिस्तारै गति लिन लागेको बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.