भैरहवा
१० रुपैयाँले अहिले के खरिद गर्न सकिएला । बजार मूल्य एकदमै खस्केको र बढी उत्पादन भएको बेला काउली (फुल गोभी), टमाटर वा मुला वा सानो एक मुठा साग । चिया समोसा, मटरको त कुरै छोडौं, पाउन पनि मुस्किल छ ।
एक जनाको १० रुपैयाँले केही नहोला तर दिनहु प्रत्येकले १० रुपैयाँ अन्य फजुल खर्चबाट जोगाएमा धेरै गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ भैरहवाको जगर्श गु्रप । जगर्श ग्रुप बिहानी हिडाई हिड्ने (मर्निंगवाक) युवाहरु जम्मा गरे भने मासिक ३ सय र वार्षिक ३६ सय भन्दा बढी हुन्छ । त्यति रुपैयाँले कसैलाई सानै रुपमा सहयोग गर्न सकिन्छ ।
जगर्शका प्रत्येक सदस्यले दैनिक आफ्नो चिया खाजा खाने खर्चबाट १० रुपैयाँ सामाजिक कामका लागि छुट्याउने गरेको गु्रपका अध्यक्ष प्रकाश घिमिरेले बताए । हामी अहिले ४७ जना आवद्ध छांै, प्रत्येकले दैनिक १० का दरले मासिक ३ सय का दरले संकलन हँुदा वार्षिक १ लाख ५० लाख रुपैयाँको हाराहारीमा उठ्छ र ‘हामीले त्यही रकमबाट सामाजिक शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा अप्ठयारोमा परेका व्यक्ती वा समुदायलाई सहयोग गर्छैं ।’ अध्यक्ष घिमिरेले भने ।
‘क्लबहरु धेरै छन्, तर ति क्लबहरुको भिडमा हामी अलि भिन्दै छाैं, बिहान हिडेर स्वास्थ्य प्रति सचेत रहनु पर्छ भन्दै सन्देश दिन्छांै, बेला–बेलामा रमाइलो कार्यक्रम बनभोज गर्छौं साथमा समाजसेवा छदैछ ।’ गु्रपका सचिव प्रिया बन्धु न्यौपानेले भने ।
यो गु्रप सङ्गठित भएर अघि बढेको करिब ७ वर्ष भएको छ । अहिले पनि बजारमा जगर्श गु्रप भने पछि सहयोगी मन भएकाहरुको संस्था भनेर सबैले बुझ्ने गरेका छन् ।
भैरहवा–लुम्बिनी सडक खण्डको मायादेवी गाउँपालिका वडा नम्बर ८ गल्लामण्डी जानेबाटोमा रहेको सिद्धार्थ बालगृहले यो संस्थालाई त आफ्नो अभिभावक नै ठान्छन् । यो बालगृह समस्यामा रहेको जानकारी पाएपछि सबैभन्दा पहिला यही ग्रुप सहयोग सामग्री लिएर गएका थिए । प्रत्येक दशैं, तिहारमा त्यहाँ पर्व मनाउने मेलो यो गु्रपले गर्ने गरेको गु्रपका संस्थापक सदस्य अनिल प्रधानले बताए । बालगृहमा अप्ठयारो पर्दा यो गु्रप त्यहाँ पुग्ने गरेको छ । जगर्श गु्रप हाम्रो लागि अभिभावक नै हो, धेरै माध्यमबाट सहयोग गर्नु भएको छ, जगर्शले सुरुवात गरे पछि अन्य संघसस्थाको ध्यान बालगृहमा खिचिएको सञ्चालिका कृष्ण माया गुरुङ्ग बताउछिन् ।
गु्रपले अहिलेसम्म क्यान्सर रोग, मृगौला रोगबाट पिडित लगायतलाई उपचार गर्न सहयोग उपलब्ध गरेको छ भने खेलकुद, पिउनेपानी, वातावरण लगायतका क्षेत्रमा समेत काम गर्दै आएको सदस्य दिनेश पोखरेलले बताए ।
यो गु्रपले दैनिक रुपमा १० रुपैयाँ बचत गरी सामाजिक काम गर्नु नौलो र उदाहरणीय काम भएको मायादेवी गाउँपालिका शिक्षा शाखा प्रमुख नारायण लामिछानेले बताए । मायादवीको वडा नम्बर ४ स्थित सेमरी माध्यमिक विद्यालयमामा गु्रपले त्यहाँका ३ कक्षा सम्मका बालबालिकालाई २५२ वटा न्यानो कपडा स्विटर) वितरण कार्यक्रममा मुख्य अतिथीका रुपमा पुगेका लामिछानेले गु्रपले जस्तै काम अन्य संघसस्था समूहले अझ त्यो पनि ग्रामीण क्षेत्रमा गर्नु पर्नेमा जोड दिए ।
स्विटर वितरण कार्यक्रममा मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष धनपाल मल्लाह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बनियाँ, प्रधानाध्यापक राजेशमणि त्रिपाठी, शिक्षक महासंघ मायादेवीका अध्यक्ष सतिषमणि त्रिपाठी लगायतले भैरहवामा रहेको संस्थाले ग्रामीण क्षेत्रको सामुदायिक विद्यालयमा वर्तमान चिसो मौसममा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नु सरहनीय कार्य भएको बताएका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.