- भैरहवा
निलगाई नेपाल लगायतका एसियाली मुलुकहरुमा पाइने ठूलो प्रजातिको मृग हो । हेर्दा गाई जस्तै देखिने यो एन्टीलोप प्रजातिको हो । निलगाईको गाईको जस्तै कान, छोटो र बाङ्गो सिंग, गर्दनमा कालो छोटो रौं, घाँटीमा लामा रौंका गुच्छा हुन्छ । नेपालमा तराई क्षेत्रमा अत्यधिक यो निलगाई पाइन्छ । यसलाई घोडगधा वा लिलीगाईको नामले पनि चिनिन्छ ।
निलगाईलाई दुर्लभ वन्यजन्तुका रुपमा पनि लिइन्छ । रूपन्देहीमा पनि निलगाई धेरै नै रहेको अनुमान छ । तर यसको तथ्याङ्क भने छैन् । बुद्ध जन्मस्थल लुम्बिनी स्थित वनमा पनि प्रशस्त निलगाई रहेको छ । पछिल्लो समय निलगाईको चोरी सिकारी हुने गरेको पाइएको छ । केही समय अघि मर्चवार क्षेत्रमा मार्ने हेतुले लखेटीरहेको बेला प्रहरीले निलगाईको उद्धार गरी वन कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख तथा प्रहरी उपरीक्षक प्रविण पोखरेलले बताए । यसको चोरी सिकारी हुने गरेको सुनिन्छ, तर प्रत्यक्ष फेला पार्न सकिएको छैन्, कसैले चोरी सिकारी गरेको प्रमाणित भए वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिक कारवाही हुन्छ । पोखरेलका अनुसार कसुर प्रमाणित भए ६ महिनादेखि १५ वर्षसम्म कैद र १० हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना हुने वन्यजन्तु संरक्षण ऐन २०२९ मा उल्लेख छ ।
लुम्बिनी क्षेत्रमा निलगाईको चोरी सिकारीको घटना हुने गरेको पाईएको पशुपंक्षीका क्षेत्रमा काम गर्दै आएका अधिकार कर्मी अर्जुन कुर्मी बताउछन् । चोरी सिकारी हुने गरेको छ भन्ने सुनिन्छ, मासुकै प्रयोगका लागि हुने हो, कुर्मीले भने ।
लुम्बिनी विकास कोषको चारै तिर लगाइएको फलामे पर्खाल उफ्रेर नाँघ्ने क्रममा पनि वर्षेनी निलगाई त्यहाँ मर्ने गरेका छन्, हामीले लुम्बिनी विकास कोषलाई यस तर्फ ध्यानाकर्षण पनि गराएका छांै, तर पहल भएको छैन, कुर्मीले भने । लुम्बिनी–मर्चवार, लगायतका रुपन्देहीका बिभिन्न समथर क्षेत्रमा धेरै निलगाई रहेका छन् । धेरै चोरी सिकारी नभए पनि कहिले काही हुने गरेको छ । यस तर्फ समयमै सचेतता अपनाउन सके निलगाई संरक्षणमा अझै सहज हुन्छ ।
Get real time update about this post categories directly on your device, subscribe now.