- भैरहवा
सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लव अफ सेन्ट्रल लुम्बिनीले ८ जनालाई प्राविधिक तालिम दिएको छ ।
बर्तमान असहज समयमा रोजगारी गुमाएका बेला क्लवले तालिम सहित रोजगारको सुनिश्चितता समेत गरेको रोटरी क्लव अफ सेन्ट्रल लुम्बिनीका सचिब प्रियबन्धु न्यौपानेले बताए ।
क्लवले ४ जना युवाहरुलाई रेफ्रिजेरेटर(फ्रिज) र एसि(एअरकन्डशन) बनाउने र ३ युवा १ युवतीलाई चस्मा बनाउने सम्बन्धि (अप्टीकल डिस्पेन्सर) ३ महिने तालिम दिएको हो ।
तालिम लिएका ८ जना अहिले सिद्धार्थ रेफ्रिजेरेशन गल्लामण्डी र लुम्बिनी नेत्रालय भैरहवामा रोजगार प्राप्त गरिसकेका छन् ।
क्लवले अन्य सामाजिक काम साथै यो नौलो रोजगारी मुखी कार्यक्रम पहिलो चोटी आयोजना गरेको क्लवका अध्यक्ष हिरा शाहले बताए ।
यसै बिच क्लवले तालिम लिएका आठै जनालाई एक कार्यक्रमका बिच प्रमाणपत्र बितरण गरेको छ ।
सो अवसरमा क्लवका सस्थापक अध्यक्ष बिमल सेन्चुरी, निवर्तमान अध्यक्ष प्रेम राज शर्मा, पुर्व अध्यक्ष कृष्ण प्रसाद पाण्डे, सह सचिव बासु वडाल, कार्यक्रम संयोजक अनिल कुमार गुप्ताले तालिम लिए संगै रोजगार सुनिश्चित भएको भन्दै राम्रो र उपयोगी तालिम प्राप्त गरे स्वदेशमै रोजगार पाईने बताए । उनिहरुले रोजगारदाता सस्थाले तालिम समाप्ति संगै युवाहरुलाई रोजगार दिएकोमा आभार प्रकट गरे ।लुम्बिनी नेत्रालयका उप महाप्रबन्धक अनिल शेरचनले प्राविधिक तालिम लिए पछि रोजगार पाउन धेरै सजिलो हुने बताए ।
रोट्रयाक्ट क्लव अफ सेन्ट्रल वौद्ध ल्याण्ड
यसै बिच क्लवले आप्नो स्पोन्सरमा स्थापना भएको रोट्रयाक्ट क्लव अफ सेन्ट्रल वौद्ध ल्याण्डको प्रि इण्डक्सन र अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
सो अवसरमा रोट्रयाक्टका पदाधिकारी एवं सदस्यहरुलाई रोटरी ईन्टरनेशनल नेपाल –भुटान ३२९२का असिसटेन्ट गभर्नर हरी पौडेल, रोटरी क्लव अफ सेन्ट्रल लुम्बिनीका पुर्व अध्यक्ष कृष्ण पाण्डे, प्रशिक्षक विक्रम मल्ल, क्लवका अध्यक्ष हिरा शाहले प्रशिक्षण दिएका थिए । कार्यक्रमको सञ्चालन सचिब प्रियबन्धु न्यौपानेले गरेका थिए ।
रोट्रयाक्ट क्लव अफ सेन्ट्रल वौद्ध ल्याण्डको अध्यक्षमा अस्मित लामगादे छन् । त्यसै गरी उपाध्यक्षमा दिक्षा सुनार, सचिब विकाश तिवारी, कोषाध्यक्ष अमन श्रेष्ठ, सह– सचिव महिमा विक, सह– कोषाध्यक्षमा आकाश चौधरी छन् । त्यसै गरी क्लव एडमिनिष्ट्रेशनमा राम कान्दु, सर्भिस डाइरेक्टर धर्मेन्द्र यादव, जन सम्पर्क अधिकारी अप्सरा थापा, कम्युनिटी सर्भिस डाइरेक्टर सुनिल बिक, अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकारीमा सागर लामगादे, सर्जन एन्ड आम्र्स नितेश पान्डे र सह –सर्जन एन्ड आम्र्समा रोहित खडका लायत ३० जना क्लवमा आवद्ध रहेको क्लवले जनाएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.