- भैरहवा
बैदेशिक अध्ययन तथा रोजगारका क्रममा न्यूजिल्याण्डमा रहेका भैरहवाका युवतीहरुले देउसी भैलो खेलेर संकलन भएको रकम रुपन्देहीको एक बालआश्रमका लागी आवश्यक सामग्री खरिदका लागी पठाएका छन् ।न्यूजिल्याडमा रहेका भैरहवाका युवतीको सस्था वान्का नेप्लीज सोसाईटीले गत तिहारमा नेपाली समुदाय रहेका स्थानमा भैलो खेलेर संकलन गरेको ४५ हजार रुपैया रुपन्देहीका बाल आश्रमलाई सहयोग सामग्री खरिद गर्न जगर्श गु्रप मार्फत पठाएका थिए ।
जगर्श गु्रपले सो रकमबाट आबश्यक सामग्री खरिद गरी तिलोत्तमा नगर कोटीहवा अवस्थित नेपाल अभिनाश अनाथ आश्रममा हस्तान्तरण गरेको जगर्शका सचिब प्रियबन्धु न्यौपानेले बताए ।सो रकमबाट २ स्टिल दराज, सिलिंग पंखा, मसलन्द सामग्री, दैनिक आबश्यक खाद्य सामग्री लगायत खरिद गरी हस्तान्तरण गरी बुझाएका थिए ।
सो कार्यक्रममा जगर्शका अध्यक्ष प्रकाश घिमिरे, प्रमुख अतिथी समाजसेवि एवं जेसिआई सिद्धार्थका पुर्व अध्यक्ष दिपक लामगादे लगायतले आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीलाई हस्तान्तरण गरेका थिए । सामग्री बुझदै अध्यक्ष ज्ञवालीले बैदेशिक अध्ययन तथा रोजगारमा पुगेका युवायुवतीले भैलो खेलेर रकम संकलन गरी आप्नै जन्मस्थानमा रहेको अनाथ आश्रममा सहयोग पठाउनु ठुलो पुन्यको काम रहेको बताए ।जगर्शका अध्यक्ष घिमिरेको न्यूजिल्याण्डमा रहेको छोरी स्मृती घिमिरे र उनका साथीहरुको संयोजनमा देउसी भैलो कार्यक्रम भएको र थोरै भए पनि सहयोग गर्न सकेकोमा खुसीलागेको घिमिरेले बताईन् ।
Get real time update about this post categories directly on your device, subscribe now.