• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Friday, May 16, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

कुमारी चम्पाकली

मनाेरञ्जन शर्मा by मनाेरञ्जन शर्मा
२७ माघ २०७७, मंगलवार २१:०५
1 min read
68 0
66
SHARES
129
VIEWS

भैरहवा ।

हाम्रो वरिपरि एउटा हात्ती बेला बेलामा देखिन्छ । त्यो हात्तीको उमेर अहिले करिब ६० देखि ७० वर्षको बिचमा भएको लामो समयदेखि माउतेको रुपमा रहेका हफिजुलको अनुमान छ । ‘‘म बचपनदेखि नै हात्ती चराउने घुमाउने गर्छु, मैले धेरै हात्ती चराउने, घुमाउने गरी माउतेको काम गरे’’ हफिजुलले भने । पहिला यही तिलोत्तमाको केरवानी गाउँमा पनि हात्ती थियो । त्यो हात्ती अहिले चितवनको सौराहामा छ, उनले भने । यो हात्ती पनि रुपन्देहीको होइन, यसको मालिक कपिलवस्तु, तौलिहवा धनकौलीका जागिर चौधरी हुन् ।

मेरो उमेर भन्दा यो हात्तीको उमेर बढी छ, म ६५ जति भए यो हात्ती कम्तिमा पनि ६० देखि ७० वर्ष पुगेको हुनु पर्छ, उनले भने । हात्तीको नाम चम्पाकली हो । नामै अनुसार पोथी हात्ती हो । तर चम्पाकलीले अहिलेसम्म कुनै बच्चा जन्म दिएकी छैन । किन बच्चा भएन भनेर सोधदा माउते हफिजुल भन्छन्, अरे बाबु लगाउनलाई वर हात्ती पनि चाहियो नी, वर हात्ती कहाँबाट खोजेर ल्याउने ? हुन पनि हो रुपन्देही र वरपरका हात्ती सबै पर्यटकलाई चढ्नका लागि भाडामा सौराहा गएका छन् । चम्पाकलीलाई माया गर्ने हात्ती कुनै भएन , एक्ली भई चम्पाकली, जुन कारणले अहिले ७० वर्ष को हाराहारीमा पुग्दा पनि चम्पाकली कुमारी नै छ । यस क्षेत्र रुपन्देही, कपिलवस्तुको एक्ली चम्पाकलि हो । दुबै जिल्लामा कुनै वैवाहिक कार्यक्रम, शोभा यात्रा वा अन्य कुनै सार्वजनिक कार्यक्रममा कहिले काँही यो चम्पाकलीलाई लाने गरिएको छ । एक दिन कार्यक्रम वा अन्य कुनै समारोहमा लगेवापत १५ हजार रुपैयाँ र हात्तीलाई केही खाने कुरा दिनु पर्छ । अहिले चम्पाकलीले दैनिक ५० किलो भन्दा बढी खाना खान्छे । खानामा धान, गँहु, बिभिन्न किसिमका घाँस, रुखका साना हाँगा पातहरु मात्र नभई पाउरोटी, स्याउ लगायतका फलफुल पनि खाने गरेकी हफिजुलले बताए । साह्रै ईमान्दार छे, दुःख दिने दिन्ने त्यसैले पनि यसको धेरै माया लाग्छ, ‘‘धेरै पनि हिडाल्दैनांै टाढा भनेको केरवानीदेखि भैरहवा बजारसम्म हो, घुमाउन ल्याउने’’ उनले भने । बाटोमा कोही हिड्दा भगवानको रुप मानी सुढमा पैसा चढाउने र कोही चढ्ने गरेको त कतिलेसंगै बसेर फोटो समेत खिचाउने गरेका छन् ।

यो हात्ती त्यति व्यवसायीक रुपमा भने प्रयोग हुन सकेको छैन् । हात्ती मालिक कपिलवस्तुको र माउते रुपन्देहीको भएकाले कहिले उता त कहिले यता बस्छ । व्यावसायीक रुपमा प्रयोगमा ल्याएर सानै रुपमा भए पनि हात्ती सफारी गराउन सकिन्छ की भनेर कानपारामा रहेको अजय कुमार चौधरीको रिसोर्टमा शनिबारका दिन हात्ती सफारी सुरु भएको थियो । एक दिन भए पनि त्यहाँ घुम्न गएकाहरुले हात्ती सफारीको आनन्द लिएको चौधरीको भनाई छ । रुपन्देहीमा रहेका हात्तीहरु जो बाहिर लगिएका छन् तिनीहरुलाई ल्याएर यहाँको ठूलो रिसोर्ट, होटल मार्फत हात्ती सफारी सुरु गर्न सकियो भने पर्यटकको आकर्षण बढ्छ, चौधरीले भने ।
रुपन्देहीमा पहिला धेरै हात्ती रहेको अनुभव हफिजुलको छ । उनि भन्छन्, पहिला धेरै थियो हात्ती, जमिन्दारहरुले पाल्ने गर्दथे । बिस्तारै सबै हराउँदै गयो । अब त नजिक भनेको यही चम्पाकली हो, उनले भने ।

हात्तीका बारेमा

हात्ती विशाल शरीर भएको स्तनधारी जनावर हो । हाल विश्वमा अफ्रिकी झाडीमा पाइने हात्ती, अफ्रिकी जङ्गलमा पाइने हात्ती र एसियाली हात्ती (भारतीय हात्ती) श्रीलङ्काली हात्ती गरी तीन प्रकारका हात्तीहरू अस्तित्वमा रहेका छन् । हात्तीका यी तीन प्रजातिहरू बाहेक अरु सबै प्रजातिका हात्ती तथा वर्गहरू पृथ्वीबाट लोप भइसकेका छन् । प्राचिन कालमा हिउपर्ने क्षेत्रहरूमा पाइने विशाल हिम हात्तीहरू हिम युगको अन्त्यसँगै लोप भइसकेका छन् ।

हाल अस्तित्वमा रहेका जमीनमा पाइने जनावरहरू मध्ये हात्ती सबैभन्दा ठूलो जनावर हो । हात्तीहरूको गर्भधारण अवधि २२ महिनाको हुन्छ, यो अवधि जमिनमा पाइने अन्य सबै जनावरको भन्दा धेरै हो । साधारणतया एउटा हात्तीको छावा जन्मदाकै अवस्थामा १२० किलोग्राम तौल भएको हुन्छ । हत्तीहरूको औशत आयु ५० देखि ७० वर्षको हुन्छ, तर अहिलेसम्मको अभिलेख अनुसार हात्ती ८२ वर्षसम्म पनि बचेको पाइएको छ । त्यस्तै अहिलेसम्म पाइएको मध्ये सबैभन्दा ठूलो हात्ती सन् १९५६मा अंगोलामा मारिएको थियो। हात्तीहरुको स्मरणशक्ति र बुद्धिका लागि प्रसिद्ध छन् । ‘चम्केको घोडाले लम्केको हात्तीलाई उछिन्न सक्दैन’ भन्ने उखानै छ । हात्तीहरूको बुद्धि मानव, ह्वेल र डल्फिन बराबर भएको विश्वास गरिन्छ ।

Facebook प्रतिक्रियाहरु

मनाेरञ्जन शर्मा

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
मनाेरञ्जन शर्मा

मनाेरञ्जन शर्मा

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?