सबैको सहयोगले म छिटै ठिक हुनेछु । निको भएर आए पछि मज्जाले पढ्ने हो, एमबिएस पढाई पुरा गर्ने, सरकारी जागिर त्यो पनि करार मा होइन लोकसेवा लडेर खाने हो : आयुषा
- भैरहवा
आयुषा पाण्डे अहिले २५ वर्षकी भइन् । कञ्चन गाउँपालिका बर्गदहवा स्थायी घर भएकी उनी २०६७ सालमा एसएलसी उत्तिर्ण भएपछि लुम्बिनी रोड स्थित सिद्धार्थबाल गृह नजिक आफ्नो अंकल–अण्टी कहाँ बसेर शिक्षालाई अघि बढाउँदै आएकी थिइन् । उनी भैरहवा बहुमुखी क्याम्पसको एमबिएस विद्यार्थी पनि हुन् ।
सबै रामै्र चलेको थियो । शिक्षा, घर परिवार , दैनिकी राम्र्रै चलेको थियो । यसै बिचमा भवन कार्यालयमा करारमा जागिर समेत थियो । २०७५ सालमा स्नातक उत्तीर्र्ण भए पछि उनीमा खुशीकोे सिमा रहेन । घरपरिवार अंकल–अण्टीको सल्लाहमा उनी एमबिएस पढ्न भैरहवा क्याम्पस भर्ना हुने योजना भयो । सबै खुशी थिए ।
अचानक उनी माथि सोच्दै नसोचेको बज्र आइलाग्यो । अगाडीको उज्यालो बाटोहरु सबै कालो बने । २०७५को कार्तिक महिनामा अचानक बिसन्चो भए पछि चिकित्सक कहाँ पुगिन् । चिकित्सकले अल्ट्रासाउण्ड (भिडिओ एक्सरे) गर्न सुझाए । उनि एक्सरे गर्न पुगिन् र रिपोर्ट लिन अर्को दिन विहान पुगिन् ।
विहानै रेडियोलोजिष्टले रिपोर्ट हेर्दै सिधै भनेछन्, ‘दुबै मृगौला खराब रहेछन्, जे गर्ने हो दुई वर्ष भित्र गर्नु समय धेरै छैन्’ भनेछन् । एक्कासी एकै पटक यस्तो र आफुले कहिले कल्पना पनि गर्न नसकेको रोग रहेको सुन्दा उनि अक्क न बक्क भइन्, मैले त केही सोच्नै सकिन, यस्तो छ भन्दा । के गरुम कसो गरुम कसलाई भनुम भन्ने भयो । जसो तसो रिपोर्ट लिएर घर पुगे । अब समय सकिए जस्तो लाग्यो, मलाई उनले भनिन् । अंकल अण्टीलाई भने । दुबै जना स्वास्थय पेशामा हुनु भएकोले नआत्तिनु केही हँुदैन्, सुरुआती बेला होला सब ठिक हुन्छ भन्नु भयो । त्यति भनाइले मन केही हलुको भयो तर चिकित्सकले दुबै मृगौला फेल भइसकेको छ, २ वर्ष मात्र समय छ भनेको कानभरी दिनरात गुन्जिन थाल्यो ।
भैरहवा, बुटवल, काठमाण्डौ सबै ठाउँमा परिक्षण गर्दा अन्नत मेरो दुबै मृगौला काम नलाग्ने गरी बिग्री सकेको प्रमाणित भयो । परिक्षणसँगै औषधी पनि सुरु भएको थियो । घरमा आमा–बुवाको जिम्मेवारी मात्र होइन भविष्यको आशा र भरोसा म माथि थियो । छोरीले पढ्दैछ, भविष्यको सहारा यही हो भन्नु हुन्थ्यो जहिले पनि । बुवाआमाको भविष्यको सहारा र आशा छोरा भने पनि म र मेरो बहिनी नै हो । बहिनी वैदेशिक रोजगारमा छिन्, पाण्डेले भनिन् ।
मृगौला खराब रहेको पुष्टी भए पछि चिकित्सकको परामर्शमा औषधी सेवन गरे डाइलसिस गर्न पर्दैन कि भन्ने थियो । केही समय औषधी सेवन सुरु भयो । औषधीले काम नगर्दा डाईलासिस गर्नै पर्ने भयो । अहिले भैरहवाको सिद्धार्थनगर सिटी अस्पतालमा नियमित डाइलसिस गरिरहेको छु । मृगौला प्रत्यारोपणको कुरा पनि भयो तर बिचैमा कोरोना संक्रमणका कारणले समस्या भयो । काठमाण्डांैमा गएर परिक्षण गर्न पुरै समस्या भयो । त्यहाँका चिकित्सकले पनि अहिले नआउन भने । जसो तसो समय कटाउँदै लग्न थाले, गएको कार्तिकमा म बिरामी भएको २ वर्ष पुग्यो । मैले कति पनि हिम्मत हारिन । आत्मविश्वास बलियो बनाइयो भने जस्तो सुकै रोगलाई पनि जित्न सकिन्छ भन्ने मनमा राखेकी छु, परिवार, साथीभाई, बुवाआमा झै अंकल–अण्टीको दिनहँु हौशलाले अहिलेसम्म ठिक छु, एक दिन पूर्ण रुपमा निको पनि हुन्छु, उनले भनिन् ।मेरो पनि त सपनाहरु थिए, रहर थिए, केही गरौं भन्ने भावना थियो । तर अचानक बाटोमा ठेस लाग्न पुग्यो । तर आत्मबिस्वास् गुमाएकी छैन । सबै साथमा हुनुहुन्छ । ‘ठिक हुन्छु म छिटै’ उनले भनिन् ।
सामान्य मध्यमवर्गको परिवार हामी, बुवा केही समय भारतमा रोजगार हुनुहुन्थ्यो । अहिले घरमै हुनुहुन्छ । घर व्यवहारमा मद्दत गर्दै आएकी छोरीको मृगौला खराब भएको र जति सक्यो छिटो उपचार गर्नु पर्ने भएपछि परिवारजन अहिले चिन्तामा छन् । उपचारका लागि श्रोत जुटाउन समस्या छ ।
जागिर पनि करारमा रहेकाले उपचारका बेला लामो बिदा लिन नमिल्ने भएकाले कुनै पनि बेला जागिर छोड्नु पर्ने हुन्छ । घरको आर्थिक अवस्था त्यति राम्रो छैन र सुरुमै परिक्षण लगायतका कुरामा लाखांै खर्च भएको छ । अहिले पनि नियमित रुपमा डाइलसिस भइरहेको छ । निःशुल्क रुपमा डाइलसिस भए पनि महगो औषधी खानु पर्ने अवस्था छ । ट्रान्सप्लान्ट गर्दा मृगौला आफ्नै आमाले दिने भए पनि खर्च धेरै लाग्ने परिवारका सदस्यले बताएका छन् ।
अहिले आयुषा मृगौला प्रत्यारोपण (ट्रान्सप्लान्ट)का लागि गर्नु पर्ने परिक्षण लगायतका कामका लागि काठमाण्डौ छिन् । साथीकोमा बसेकी छिन् । भैरहवामा नियमित निःशुल्क डाईलसिस हप्तामा २ पटक गरेकी उनले काठमाण्डांैमा डाइलसिस गर्न समेत समस्या प¥यो । काठमाण्डौंमा पैसा तिरेर गर्नु पर्दा थप आर्थिक भार बढेको छ । पिसिआर परिक्षण नै गर्न प¥यो, भक्तपुर अस्पतालमा गएर इमरजेन्सीमा २ घन्टा मात्रै डाइलसिस गरे उनले भनिन् । पालो कुर्नु पर्दो रहेछ, डाइलसिसलाई, भैरहवा जस्तो सजिलो भएन् । भनसुन गरेर मिलाउनु पर्ने, उनले भनिन् ।
प्रारम्भिक उपचारमै धेरै रकम खर्च भइसकेकोले थप उपचार मृगौला ट्रान्सप्लान्ट गर्दा आवश्यक रकम जोहोमा समस्या समेत भएको छ । रकम अभाव हुँदा थप उपचार र ट्रान्सप्लान्ट प्रभावित हुने होकी भन्ने भएको छ । थप उपचारका लागि रकम जुटाउन पनि चुनौती परेको छ ।
घरको कमजोर आर्थिक अवस्थाका कारण थप उपचारमा समस्या नहोस् भन्दै विभिन्न परोपकारी संघसस्थाले उपचारमा केही भए पनि सहयोग पुगोस भन्दै आर्थिक संकलन गरिरहेका छन् । आयुसालाई नयाँ जीवन दिन जुटीरहेका छन् सहयोगी हाथहरु । सबैको सहयोगले म छिटै ठिक हुनेछु । निको भएर आए पछि मज्जाले पढ्ने हो, एमबिएस पढाई पुरा गर्ने, सरकारी जागिर त्यो पनि करार मा होइन लोकसेवा लडेर खाने हो, उन्ले भनिन् ।
आयुषालाई सहयोग गर्न उनको नाममा रहेको मेगा बैंक भैरहवा शाखाको खाता नम्बर ०२९००५००५८०५५ वा नबिल बैंक खाता नम्बर १३१००१७५०५९२० अथवा ई–सेवाबाट ९८६२७२७७७७ मा रकम जम्मा गर्न सकिनेछ ।
Get real time update about this post categories directly on your device, subscribe now.