- भैरहवा
विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले भैरहवा क्षेत्रमा सञ्चालित ई रिक्साहरुमा क्युआर कोड सेवा सुरु भएको छ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले यो सेवा सुरुवात गरेको हो ।
नेपालमा डिजिटल बैंकिंङ्ग सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्धेश्य साथ क्युआर कोडको माध्यमबाट भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने उद्येश्यले शुरु गरेको अभियान अन्तर्गत सिद्धार्थनगर नगर क्षेत्रमा सञ्चालित ई(रिक्साहरुमा क्यूआर कोडबाट भुक्तानी कार्यको सुरुवात नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालले गरे।
शाइन रेसुंगा डेभलपमेण्ट बैंकले प्रदान गरेको क्युआर कोड प्रणालीलाई शुभारम्भ गर्दै निर्देशक फुयालले नेपालमा डिजिटल भूक्तानी प्रणालीलाई सरल, सजिलो र सर्वसाधारणको पहुंचसम्म पु¥याउन नेपाल राष्ट्र बैंकले अभियानको रुपमा शुरु गरेको र यसको लागि बैंक वित्तीय संस्थाहरुले अग्रसरता देखाएको हुँदा सबैले सहयोग गर्नु पर्ने निर्देशक फुयालले बताए । यसबाट भुक्तानी गर्दा सुरक्षित तथा सजिलो हुने हुँदा सबैलाई डिजिटल भुक्तानी प्रणाली अपनाउँदा सबैलाई फाइदाजनक रहेको उनको भनाई थियो । शाइन रेसुंगा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले डिजिटल भुक्तानी प्रणालीमा शाइन रेसुंगा डेभलपमेण्ट बैंक यस क्षेत्रका स(साना ब्यापारीहरुलाई विभिन्न माध्यमबाट प्रोत्साहन गर्दै अगाडि बढिरहेको बताए ।
नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेश कुमार न्यौपानेले क्युआरकोड प्रणालीमा सबैलाई आवद्ध हुन आग्रह गर्दै यस क्षेत्रका बैंक वित्तीय संस्थाहरु र व्यापारीहरुलाई क्यूआरकोड भुक्तानी प्राणालीको जानकारी र प्रयोगको बारेमा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयले सहजीकरण गरिरहेको र आगामी दिनमा स–साना तरकारी पसल, फलफुल पसल, किराना पसलहरु र लोकल बसहरुमा पनि क्युआरकोड लागु गर्दै यस क्षेत्रमा नगद रहित कारोबारलाई बढाउँदै लैजाने बताए ।
रिक्सा चालक संघका अध्यक्ष हरि बहादुर नेपालीले भैरहवामा सञ्चालित सबै ई(रिक्साहरुमा क्रमशः क्युआरकोड भुक्तानी लागु गरिने बताए । उक्त कार्यक्रममा ई(रिक्सा चालक संघका पदाधिकारी, ई(रिक्सा चालकहरु र शाइन रेसुंगा डेभलपमेण्ट बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । सिद्धार्थनगर क्षेत्रमा करिब दुईसय पचास ई(रिक्सा चालकहरु संघमा आवद्ध भई सञ्चालनमा रहेका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.