- भैरहवा ।
विभिन्न क्षेत्रमा कार्यरत बौद्धिक युवायुवतीहरु संलग्न रहेको सस्था भैरहवा टोष्टमाष्टर्सले आफ्नो स्थापनाकालको पहिलो वर्ष पुरा गरेको छ । गत वर्ष जनवरी २५ तारिखका दिन स्थापना भएको भैरहवा टोष्टमाष्टर्सको सस्थापक अध्यक्ष इन्जिनियर सुरक्षा काफले (उप्रेती) हुन् । २४ जना संस्थापक सदस्य रहेको यो सस्थामा अहिले ३२ जना आवद्ध छन् । लुम्बिनी प्रदेशको पहिलो टोष्टमाष्टर्स क्लब भैरहवाको हो ।
यो सस्थाले मुख्य रुपमा व्यक्तित्व तथा नेतृत्व विकासका लागि सदस्यहरु माझ नै काम गर्दछ । साथै पब्लिक स्पिकिङ्ग(आम जनता माझ तथा स्थानमा कसरी बोल्ने, कसरी प्रस्तुत हुने भन्ने विषयमा समेत यो संस्था केन्द्रित रहेको अध्यक्ष सुरक्षाले बताइन् ।
हरेक हप्ताको मंगलबार बेलुका ६ बजे बैठक हुन्छ र हाम्रो हरेक बैठक एउटा फर्मयाट (तालिका) अनुसार चल्ने र संस्थाले मुख्य गरी समयलाई ख्याल गर्छ र समयको पावन्दि रहेको उपाध्यक्ष मेघा अग्रवालले जनाइन् । हरेक सदस्यहरु समय सिमा पालना गर्छन्, प्रत्येकलाई बोल्नका लागि निश्चित समय हुन्छ, त्यो भन्दा बढी समय बोल्न पाइदैन्, बैठक सुरु हुने समय पनि निश्चित भएकोले हामी सबै समय अनुसार नै चल्छौं, यस्ले हामीलाई के सिकाएको छ भने कुनै पनि काम समय अनुसारनै गर्न सक्यौ भने सफल भइन्छ भन्ने हो, संस्थाका उपाध्यक्ष विशाल जोशीले भने । समय सिमा भित्र कसरी काम सम्पन्न गर्ने भन्ने ध्यान दिनु हुन्छ, उनले भनिन् । कुनै कुनै बैठकमा अतिथी वक्तालाई पनि बोलाउँछांै, उहाँको कुरा सुन्छौं, हाम्रो कुरा पनि सुनाउँछांै, अतिथि वक्ताको पनि समय सिमा तय हुन्छ । अतिथि वक्ताहरुले संस्थाको अन्य सदस्य जस्तै आफ्ना भनाई राख्न सक्नु हुन्छ , उनले भने ।
प्रत्येक बैठकमा नयाँ–नयाँ कुराहरु आदान–प्रदान हुन्छ, इन्नोभेशनका कुराहरु, विश्वमा भएका आएका नयाँ कुराहरु चाहे त्यो चिकित्सा विज्ञान होस् या शिक्षा, उद्योग व्यवसाय, कुनै पनि सफल व्यक्तिको प्रेरणादायी कुराहरु पनि एकापसमा हामी आदान–प्रदान हुने तेश्रोे उपाध्यक्ष मिन प्रसाद शर्माले बताए ।
मुख्य कुरा नेतृत्व विकास र व्यक्तित्व विकास र पब्लिक स्पिकिङ्गमा हाम्रो ध्यान केन्द्रित छ । सदस्यहरुको नेतृत्व, व्यक्तित्व विकास भए स्वतह उहाहरुको परिवार, साथीभाई हुँदै सिङ्गो समाजसम्म पुग्ने छ, त्यसैले पहिला व्यक्तित्व, नेतृत्व विकास हुनु पर्छ भन्ने हाम्रो संस्थाको मुख्य जोड हो । अन्य संघ–संस्था जस्तो हाम्रो संस्थाले समाजमा गएर काम भने गर्दैन्, शर्माले भने । इन्जिनियर, गृहिणी, चिकित्सक, शिक्षक, प्राध्यापक, बैंकर्स, उद्यमी, विद्यार्थी, शैक्षिक परामर्श विज्ञहरु भैरहवा टोष्टमाष्टर्समा आवद्ध छन् ।
सन् १९२४ मा अमेरीकाको फ्लोरीडामा राल्फ स्मिडलीले स्थापना गरेको यो सस्थाको विश्वको १४५ देशमा १६ हजार २ सय टोष्टमाष्टर्स क्लबहरु छन् । संस्था स्थापना भएको १ वर्ष पुरा भएको अवसरमा भैरहवामा एक कार्यक्रम आयोजना भएको थियो । सदस्यहरु माझ भएको कार्यक्रममा १ वर्ष भित्र सस्थाले गरेका बैठक साथै अन्य विषयमा छलफल सहितको फेलोसिप होटल पौवामा भएको सस्थाका सचिव हरिहर सुवेदीले जनाए । संस्थाले १ वर्षमा ५० बैठक सम्पन्न गरेको छ । कोरोना संक्रमणका कारण कतिपय बैठकहरु अनलाइन तथा जुम मार्फत भएको संस्थापक सदस्य एवम् प्राध्यापक पार्थिवेन्द्र उपाध्यायले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.