श्री न्यूज ओके रिपोर्टर
भैरहवा ।
मार्च ८ का दिनलाई बिश्वभर नारी दिवसका रुपमा मनाउने गरिन्छ । नारी समाजको
अपरिहार्य शक्तिको । आमाको काख, दिदी,बहिनीको स्नेह, श्रीमतिको माया, यी सबै नारी शक्ति भित्र प्रगाढ माया छ र त्यहि माया, स्नेह सम्बन्धले पुरुष जीवनले आशा होईन भरोसा गरेको छ ।
नारीहरुको सम्मान गर्दै मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा सन् १९११ बाट मनाउन सुरु गरीएको हो । आजका दिनलाई महिलाहरुलाई जागरूक बनाउने दिवस पनि हो ।
आजका दिन संसारभरि विभिन्न कार्यक्रमहरु गरेर सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरुमा नारीहरुको सक्रिय सहभागीता अनि नेतृत्वको प्रशंसा,उनिहरुको कार्यको सम्मान साथै अन्तरक्रृया,र्याली लगायतका कार्यक्रम बिश्वभर आयोजना हुन्छ ।
आज नारी पात्रहरुलाई उनिहरुको सम्मान र एक दिन मात्र होईन सदैब सम्मान गर्ने प्रतिवद्धता जाहेर गरौ । बिश्वभर आज नारी शक्तीको सम्मान स्वरुप वैजनी रगंको रिबन लगाएर नारी शक्ति अनि समानताकोलागी एैक्यबद्धता जनाउँने गरिन्छ ।
नारी दिवसमा आज भैरहवा क्षेत्रमा पनि बिभिन्न कार्यक्रम हुदैछ । बिहान सिद्धार्थनगर नगर पालिकाको मुख्य आयोजनामा बुद्धचोकबाट प्रभातफेरीको आयोजना हुदैछ । सोही कार्यक्रमको समापनमा नारी सम्मान साथै अन्तरक्रृया समेत हुदैछ । यो कार्यक्रममा भैरहवा र वरपरका ५० बढी संघसस्थाहरुको सहभागिता हुने सिद्धार्थनगर नगर पालिकाकी उपप्रमुख उमा काफलेले बताईन् ।
उता १११औं नारी दिवसकै उपलक्ष्यमा मायादेवी च्यारिटेवल फाउण्डेशन द्धारा बिहान ११ बजे सिद्धार्थनगर नगर पालिका वडा नम्बर ६ गल्लामण्डी स्थित महात्मा गौतमबुद्ध माध्यमिक विद्यालयमा नारी सम्मान, बिभिन्न सामग्री हस्तान्त्रण लगायतको कार्यक्रम आयोजना गर्न गैरहेको सस्थाका सस्थापक अध्यक्ष रबि कुमार रौनियारले बताए । त्यसै गरी रोट्रयाक क्लव अफ लुम्बिनी सिद्धार्थनगरद्धारा १११ औं नारी दिवसको अवसर पारी छाउपडि नामको बित्तचित्र(डकुमेन्ट्री) प्रदर्शन सानु डिपार्टमेन्ट स्टोर उज्यालो चोक स्थित ठुलो टिभीमा आज बेलुका ६ बजे देखाउने कार्यक्रम रहेको सस्थाका पुर्ब अध्यक्ष दिनेश अग्रवालले बताए ।
भगवान कतै खोज्नु पर्देन नारीहरु जीवित भगवान हुन् । बिश्वभरका तमाम आमा, हजूरआमा, दिदि बहिनी समग्रमा सम्पुर्ण नारी शक्तीलार्ई धेरै शुभकामना।
ू
Get real time update about this post categories directly on your device, subscribe now.