- भैरहवा
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट बिश्वासको मत प्राप्त गर्न असफल भएका छ्न्।
विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्विकृत भए पछि ओलि काम चलाउ सरकारका काम चलाउ प्रधानमन्त्री भएका छन्।
प्रस्तावको पक्षमा ९३ मत परेको छ । संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित नै भए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई, उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् ।
जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.