- भैरहवा
कोरोना संक्रमणको माहामारीको कारण दैनिकी सञ्चालनमा समस्या परेको बसन्तपुरको सत्य साई बृद्धआश्रमलाई जोशी ब्रर्दसका सञ्चालक हेमन्तराज जोशीले सहयोग गरेका छन् ।
शुक्रवार आफ्नो जन्मदिनको अवसर पारेर जोशीले आश्रममा आश्रय लिनुभएका १४ जना बृद्धबृद्धालाई आवश्यक पर्ने चाउचाउ, बिस्कुट, माक्स र सेनेटाईज सहयोग गरेका हुन । विभिन्न दाताहरुको सहयोगमा सञ्चालन हुँदै आएको बृद्धआश्रममा अहिले बन्दाबन्दीका कारण समस्या परेको आश्रमकी अध्यक्ष माया खडालले बताएकी छिन् ।
देशका विभिन्न जिल्लाका बृद्धबृद्धाहरु यो आश्रममा आश्रय लिने गरेका छन् । व्यवस्थित व्यवस्थापनका साथ सञ्चालनमा रहेको यो आश्रममा जिल्लाको ओमसतिया गाँउपालिका वार्ड नं.४ बसन्तपुरमा रहेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.