- भैरहवा
निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी काम सम्पन्न गरी सञ्चालनमा ल्याउन र दोश्रो टर्मिनल भवन निर्माणका लागि सरकारले बजेट बिनियोजन गरेसंगै नयाँ अध्याय सुरु भएको छ ।
जेठ १५ गते अर्थमन्त्री बिष्णु पौडेलले सार्बजनिक गरेका आर्थिक वर्ष २०७८।०७९ को बजेटमा निर्माणाधिन विमानस्थलको बाँकी काम सम्पन्न र नयाँ टर्मिनल भवन निर्माणका लागि ३ अर्ब ५३ करोड रुपैयाँ विनियोजन भएको उल्लेख छ ।
बजेट विनियोजन पछि निर्माणाधिन अन्तर्राष्ट्रिय बिमानस्थलसंगै नयाँ दोश्रो टर्मिनल भवन छिटै बन्ने निश्चित भएको र यसले गति लिने बताइएको छ । अहिलेको अन्तर्राष्ट्रिय बिमानस्थलमा टर्मिनल भवन सानो रहेको र त्यसमा आधुनिक विमानस्थलमा हुने एरोब्रिज सुबिधा समेत नरहेकोले दोश्रो टर्मिनल भवन निर्माणको तयारी भइरहेको छ ।
बजेट बिनियोजनले काम गर्न थप उत्साह छाएको निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनका प्रमुख प्रवेश अधिकारीले बताए । ‘अहिले कोरोना न्यूनिकरणका लागि निषेधाज्ञा लगाइए पनि प्रशासनको अनुमतिमा स्वास्थ्य मापदण्ण अपनाएर कार्यस्थलमै कामदारलाई राखेर काम भएको छ’ आयोजना प्रमुख अधिकारीले भने । निषेधाज्ञाले बिमानस्थल निर्माणको काम रोकिएको छैन, क्यालिब्रेशन प्लाइटका लागि बिमानस्थल तयारी अवस्थामा छ, र अहिले भित्र टर्मिनल भवन भित्र फिनिसिङका कामहरु भइरहेका छन् । कन्भेएर बेल्ट जडान सकिएको छ । यसै क्रममा ‘बजेटमा बिमानस्थलको काम सम्पन्न गर्न र नयाँ टर्मिनल भवन निर्माणका लागि बजेट बिनियोजन हुनु निकै राम्रो हो र यसले हामीलाई काम गर्न थप उर्जा प्रदान गरेको छ’ अधिकारीले भने ।

अहिलेको विमानस्थलको टर्मिनल भवन सानो भएको र नयाँ भवन बनाउनु जरुरी छ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको निर्माण कार्य भरहेको स्थलगत अवलोकनका क्रममा गरेका थिए । त्यस लगत्तै दोश्रो टर्मिनल भवन निर्माणको प्रकृया अघि बढेको र डिजाइन समेत टुंगो लागिसकेको छ ।
अब छिटै बोलपत्र (टेण्डर) आह्वान हुने बुझिएको छ । नयाँ टर्मिनल भवन अहिलेको टर्मिनल भवनको पश्चिम तर्फ निर्माण हुने छ । नयाँ टर्मिनल भवनमा एरो ब्रिज समेत निर्माण हुने र ६ वटा एरोब्रिज रहने गरी डिजाइन भएको बताइएको छ । एरोब्रिज भनेको टर्मिनल भवनको प्रस्थान कक्षबाट सिधै जहाजभित्र प्रवेश गर्न मिल्ने गरी बनाइने एक किसीमको आकाशे पुल जस्तै हो । एरोब्रिज सुबिधा भएको टर्मिनल भवन भरहवाको नेपालमै पहिलो हुनेछ ।
दोश्रो टर्मिनल भवन बनेपछि अहिलेको पहिलो टर्मिनल भवन आन्तरिक टर्मिनल भवनमा परिणत हुनेछ । हालका लागि भने आन्तरिक टर्मिनल भवन पुरानै भवनलाई एथावत गराइने जनाइएको छ । अहिले सरकारले बजेटनै विनियोजन गरिसकेपछि दोश्रो टर्मिनल भवन निर्माण हुने सुनिश्चित भएको र अहिले निर्माण सम्पन्न हुने क्रममा रहेको बिमानस्थलको बाँकी काम र क्यालिब्रेशन फ्लाईटका लागि आबश्यक पहल सरकारबाट छिट्टै हुने विश्वास रहेको सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।
विमानस्थल निर्माण सम्पन्नताका लागि र नयाँ टर्मिनल भवन निर्माणका लागि बजेट बिनियोजन हुनु सकारात्मक भएको र यसले पर्यटन क्षेत्रमा खुशी ल्याएको सिद्धार्थ होटल संघ नेपाल (शान) का अध्यक्ष एवम् होटल संघ नेपालका केन्द्रीय सदस्य चन्द्र प्रकाश श्रेष्ठ (सिपि) ले बताए ।
विमानस्थलमा नयाँ भवन निर्माणका लागि बजेट बिवनियोजन हुनु सकारात्मक रहेको सोसाईटी अफ टुर एन्ड ट्राभल अर्गनाईजेशन नेपालका उपाध्यक्ष एवं भैरहवाका पर्यटन व्यवसायी सञ्जय बजिमयले बताए । बजेटले बिमानस्थल मात्र होइन पर्यटन क्षेत्रलाई पनि राम्रोसंग सम्बोधन गरेको छ, कार्यान्वयन पक्ष कस्तो हुनेछ भन्ने मात्रै हो, बजिमयले भने ।
Get real time update about this post categories directly on your device, subscribe now.