- भैरहवा
विश्व पर्यावरण दिवसको अवसरमा जेसीआई सिद्धार्थ, नेपालले भैरहवामा वृक्षरोपण गरेको छ । नेपाल जेसीसले विश्व पर्यावरण दिवसका अवसरमा देशैभरका शाखाहरुलाई वृक्षरोपण कार्य गर्न निर्देशन दिएको थियो । सोही अनुसार जेसीआई सिद्धार्थ नेपालले भैरहवाको देवकोटा चोकदेखि महेन्द्र सभा गृह (पटवा बैन्कवेट) अगाडीसम्म विभिन्न वृक्ष एवम् फुलका गरी १ सय वटा बिरुवा रोपिएको जेसिआई सिद्धार्थ नेपालका अध्यक्ष गोपाल ज्ञवालीले बताए ।
कोरोना भाइरस संक्रमण र जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी तथा स्वास्थ्य मापदण्ड अपनाई वृक्षारोपण सम्पन्न भएको कार्यक्रमका संयोजक किशन कुमार पटवाले बताएका थिए । रोपिएका बिरुवाको संरक्षण समेत गरिने उनले बताए ।
सिद्धार्थनगर वडा नम्बर १२ का जनप्रतिनीधि प्रकाश बहादुर खड्काले निमको वृक्ष रोपेर कार्यक्रम शुभारम्भ गर्दै रोपिएको वृक्षहरुको संरक्षणमा समेत जोड दिए । निम, अमला साथै बाटोमा सौन्दर्यता देखिने विभिन्न वृक्ष र फुलहरु रोपिएको संस्थाका महासचिव सागर पोखरेलले बताए ।
कार्यक्रमको सञ्चालन ऋषिराम पाण्डे र जेसीसको आस्था पाठ मनोज भण्डारीले गरेका थिए । वृक्ष रोपण गर्न जेसीआई सिद्धार्थ नेपालका पूर्व अध्यक्ष, वर्तमान पदाधिकारी एवम् सञ्चालक समितिका सदस्य, साधारण सदस्य र पर्यवेक्षक सदस्यहरू र संस्थाका शुभेच्छुकहरु उपस्थित थिए ।
विश्व पर्यावरण दिवस
संयुक्त राष्ट्र संघको आह्वानमा प्रत्येक वर्ष जुन ५ का दिनलाई विश्व पर्यावरण दिवसको (वातावरण) रुपमा विश्वभरीनै विभिन्न कार्यक्रम आयोजना गरी मनाइने गरिन्छ । प्रत्येक वर्ष एक वटा विषयवस्तु / नारा यो दिवसका लागि तय हुन्छ जस अनुसार यो वर्षको नारा ‘इकोसिस्टम रिस्टोरेशन’ अर्थात पर्याचक्र पुनस्थापन रहेको छ ।
यस पटकको दिवसदेखि सन् २०३० अर्थात २०२१–२०३० लाई पर्याचक्र पुनःस्थापनाको दशकको रुपमा मनाइदैछ । यो दशक भरी करोडौं हेक्टर जमिनदेखि जंगलखेतहरुसम्म हिमाल पहाडको टुप्पोदेखि समुद्रको गहिराइसम्म पुनःस्थापना गर्ने काम हुनेछ । प्रत्येक वर्ष संयुक्त राष्ट्र संघले पर्यावरण दिवका लागि एक अतिथि राष्ट्र तोकेको हुन्छ र यो पटक यसका लागि पाकिस्तानले पर्यावरण दिवसको आतिथ्यता गरेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.