• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Saturday, November 8, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

सिद्धार्थनगरको बुद्ध र देवकोटा चोकमा ट्राफिक लाइट जडान हुने

Shree News Ok by Shree News Ok
११ असार २०७८, शुक्रबार १९:३४
1 min read
501 5
487
SHARES
954
VIEWS

मनोरञ्जन शर्मा

  • भैरहवा ।

सिद्धार्थनगर नगरपालिका (भैरहवा) को दुई मुख्य चोकहरुमा ट्राफिकलाइट राखिने भएको छ । ट्राफिक लाइट स्थापनाका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन भएको सिद्धार्थनगर नगर पालिकाकी उपद्दप्रमुख उमा काफ्लेले बताइन् ।

विहीवार सिद्धार्थनगर नगर पालिकाको नवौं नगरसभामा नगर उप–प्रमुख काफ्लेले बजेट प्रस्तुत गर्दै सवारी चापलाई मध्यनजर गर्दै नगरको मुख्य चोक बुद्धचोक र देवकोटा चोक गरी २ स्थानमा ट्राफिक लाइट जडानका लागि ६० लाख रुपैयाँ विनियोजन गरेको बताइन् ।

नगरमा यातायातको चाप बढ्दै गयो, बुद्ध जन्मस्थल लुम्बिनी जाने मुख्य मार्ग बुद्धचोक, देवकोटा चोक पनि अति व्यस्त देखियो त्यसैले ति दुई स्थानमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक लाइट जडान गर्ने योजना बनाई बजेटमै राखिएको उप–प्रमुख काफ्लेले जनाइन् । दुबै स्थान अति व्यस्त क्षेत्र हुन् ।

नेपाल भारतको सबैभन्दा ठूलो स्थलमार्ग समेत भएकाले भारत तर्फबाट समेत धेरै सवारी साधन आउने भएकाले सिद्धार्थ राजमार्गको बेलहिया बुटवल सडकखण्ड अन्तरगत सिद्धार्थनगर (भैरहवा) का देवकोटा चोक, बुद्ध चोक अति व्यस्त चोक रहेका छन् । सवारी चाप अति बढी र सवारी गति पनि अधिक बढी त्यस क्षेत्रमा हुने गरेकाले त्यस क्षेत्रमा सडक दुर्घटनाको जोखिम न्यूनिकरणका लागि ट्राफिक लाइट जडान गर्नु पर्ने माग पहिला देखिनै आएको थियो ।

यस अघि यसै सडकखण्ड अन्तरगत मणिग्राम चोकमा तिलोत्तमा नगरपालिकाले ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइसकेको छ । सिद्धार्थनगरका दुबै चोकमा ट्राफिक लाइट जडान कार्य बजेट कार्यान्वयन श्रावणदेखि हुने भएकाले श्रावण भित्रै आवश्यक काम सुरु गरी छिटो भन्दा छिटो जडान गरी सञ्चालनमा ल्याइने उप–प्रमुख काफलेले बताइन् ।

सिद्धार्थनगरको बजेटले ट्राफिक लाइट जडानका लागि मात्रै नभई नगर सौन्दर्यीकरण अन्तरगत मुख्य–मुख्य स्थानमा विशेष प्रकारको सडक बत्ती जडान गर्नेकार्यको लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ भने विभिन्न सडकहरूमा सडक बत्ती व्यवस्थापन गर्न आवश्यक विद्युत सामग्री खरीदका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको उप–प्रमुख काफ्लेले बताइन् ।

सिद्धार्थनगरले आगामी आर्थिक वर्ष २०७८।७९ का लागि १ अर्ब १८ करोड ७९लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगरपालिकाले बजेट परिचालनका लागि आबश्यक रकम मध्ये आन्तरिक आयका स्रोतहरूबाट रु. १९ करोड रुपैयाँ सङ्कलन हुने अनुमान गरेको छ भने बाँकी रकम सङ्घीय सरकार र प्रदेश सरकारको वित्तीय समानिकरण अनुदान, राजश्व बाँडफाँड, सशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान, नगरपालिकाले राजस्व बाँडफाँड प्राप्त गर्ने रकम र अन्य रकमबाट परिचालन गर्ने जनाएको छ । उक्त रकममध्ये सामाजिक विकास तर्फ २७ प्रतिशत, पूर्वाधार विकास तर्फ ४१ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ २१ प्रतिशत र आर्थिक विकास तर्फ ८ प्रतिशत र वातावरण तथा विपद् व्यवस्थापन तर्फ ३ प्रतिशत खर्च हुने अनुमान रहेको उप–प्रमुख काफ्लेले बताइन् ।

नगरपालिकाको कुल बजेटको ४८.४४ प्रतिशत चालु तर्फ र ५१.५६ प्रतिशत पूजिगत तर्फ रहेका छन् । बजेटले सडक पूर्वाधार, पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि लगायतका क्षेत्रलाई प्राथमिकता दिएको नगर प्रमुख हरी प्रसाद अधिकारीले बताए ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?