भैरहवा
लायन्स क्लब अफ सिद्धार्थनगर लोटस्को आगामी कार्यकाल (वर्ष २०२१-२२) को पदाधिकारी हरुको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा वर्ष २०२०-२१ का अध्यक्ष दुर्गा आचार्यले वर्ष २०२१-२२ का अध्यक्ष मन्जु खरेललाई पद हस्तान्तरण गर्दै सफल कार्यकालको शुभ कामना दिइन्।
कार्यक्रमा वर्ष २०२०-२१ का सचिव पार्वती अधिकारी र कोषाध्यक्ष सरिता आचार्यले वर्ष २०२१-२२ का सचिव सरिता आचार्य र कोषाध्यक्ष माया पौडेल गौतमलाई पद साथै माइनुट र अन्य दस्ताबेज हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रक ३२५ बि २ को वर्ष २०२१-२२ को लागि सेकेण्ड भिडिजी नवराज न्यौपानेले नयाँ अध्यक्ष खरेललाई पदिय माला लगाइ दिँदै सफल कार्यकालको लागि शुभकामना दिए । वर्तमान समयमा कोरोना भाइरसको सन्क्रमणको जोखिम अझै कायमै रहेकोले कोरोनाका बावजुद जसरि बिगतमा यो क्लबले कार्यक्रम गर्यो त्यस्को उच्च मुल्यांकन रहेको बताए।
कार्यक्रममा मात्री क्लब लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचार्य, लायन्स क्लब ३२५ बि २ का विभिन्न पदमा रहेका महेस चन्द्र थापा, धर्मराज श्रेष्ठ , राजेस खरेल, बिजय पाण्डे, रुपमा हिराचन,लायन्स क्लव अफ सिद्धार्थनगर लोटसका सस्थापक अध्यक्ष एवं निर्वाचन आयुक्त अनिता थापा लगायतले क्लबले स्थापनाको छोटो समयमै सामाजिक क्षेत्रमा राम्रो काम गर्न सफल भएको बताएका थिए ।
लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले वर्ष २०२०-२१ मा सामाजिक र संस्थागत गरी ५२ बढी कार्यक्रम सम्पन्न गरेको नि वर्तमान अध्यक्ष दुर्गा आचार्यले बताइन्।
Get real time update about this post categories directly on your device, subscribe now.