- भैरहवा ।
लायन्स क्लब अफ सिद्धार्थनगरको वर्ष २०२१–२२ को पदाधिकारीहरुको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा वर्ष २०२०–२१ का अध्यक्ष नेत्र आचार्यले वर्ष २०२१–२२ का का.वा.अध्यक्ष चन्द्र बहादुर थापालाई पद हस्तान्तरण गर्दै सफल कार्यकालको शुभ कामना दिए ।
कार्यक्रमा वर्ष २०२०–२१ का सचिव अर्जुन पौडेल र कोषाध्यक्ष धर्म राज आचार्यले वर्ष २०२१–२२ का सचिव धर्म राज आचार्य र कोषाध्यक्ष उमेश थापामगरलाई पद साथै माइनुट र अन्य दस्ताबेज हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेसनल डिस्ट्रक ३२५ बि २ को वर्ष २०२१–२२ को लागि सेकेण्ड भिडिजी नवराज न्यौपानेले नयाँ कावा अध्यक्ष थापा सहित सबै पदाधिकारिलाई सफल कार्यकालको लागि शुभकामना दिँदै लायन्स क्लब को नेपालको इतिहासमा लायन्स क्लब अफ सिद्धार्थनगरको भूमिका उत्कृष्ट रहेको बताए । कोरोना संक्रमण कायमै रहेकोले अझै जिम्मेवारिपूर्वक बाँच्दै बचाउनु पर्ने बताए ।
कार्यक्रममा, डिस्टिक ३२५ बि २ का चिफ उमङ देवकोटा, एक्जुकेटिभ चिफ महेश चन्द्र थापा, लायन्स इन्टरनेसनल डिस्टिक ३२५ बि २ का डिस्ट्रिक एड्भाइजर को चिफ ओम कुमार श्रेष्ठ र बिनोद खरेल, लायन्स इन्टरनेसनल डिस्टिक ३२५ बि २ क्षेत्र ४ का प्रमुक जिवन गौतम, लायन्स क्लब अफ सिद्धार्थनगरका पूर्व अध्यक्ष प्रेम कुमार सेन्चुरी लगायतले क्लबले सामाजिक क्षेत्रमा राम्रो काम गर्न सफल भएको बताएका थिए ।
लायन्स क्लब अफ सिद्धार्थनगरले वर्ष २०२०– २१ मा स्वास्थ, शिक्षा , वातावरण , सरसफाइ लगायत सामाजिक र संस्थागत गरी ४० बढी कार्यक्रम सम्पन्न गरेको नि वर्तमान अध्यक्ष नेत्र आचार्यले बताए । कार्यक्रममा लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ बि २ का बिभिन्न पदमा रहेका वर्ष २०२१–२२ का पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।
निवर्तमान अध्यक्ष आचार्यले लायन्स क्लब अफ सिद्धार्थनगरले उत्कृष्ट कार्य वर्ष २०२०–२१ मा सम्पाद्न गरेको भन्दै मल्टिपल गोल्ड अवार्डद्वारा सम्मानित भएको बताए । कार्यक्रम मा संस्थाका पूर्व अध्यक्ष थिरेन्द्र श्रेष्ठले वर्ष २०२१–२२ का पदाधिकारीहरुको परिचय गराएका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.