- त्रिवेणी ।
गण्डकी प्रदेशको दक्षिण टुप्पो त्रिवेणी क्षेत्रमा एक भारतीय नम्बरको मोटरसाइकलमा सवार ६ जना यात्रु । यु.पि.५६ एई ४४४७ नम्बरको मोटरसाइकल धार्मिक स्थल त्रिवेणी जाने क्रममा शनिबार भेटिएको थियो । अहिले निषेधाज्ञा छ र भारतीय मालवाहक साधन बाहेक अन्य साधन नेपाल प्रवेशमा निःषेध छ । तर खुल्ला सिमानाकाबाट भारतीय नम्बरका मोटरसाइकल, कारहरु नेपाल आइरहेका छन् ।
गण्डकी प्रदेशका प्रहरी ट्राफिक प्रहरीले यस तर्फ ध्यान नदिँदा एकै मोटरसाइकलमा ६ जनासम्म चढेर यात्रा गर्नेहरु बढदैछन् । कस्ले हो नियन्त्रण गर्ने ?
समाचार तस्बीरः मनोरञ्जन शर्मा
Get real time update about this post categories directly on your device, subscribe now.