- भैरहवा
दुबै मृगौलाले काम गर्न छाडेपछि समस्यामा रहेका सिद्धार्थनगर नगरपालिका वडा नं. ९ भाग्यपथ (भानुपथ) निवासी प्रविण कुमार परियार अहिले उपचारका लागि आर्थिक श्रोत नहुँदा थप पिडित भएका छन् । उपचारका लागि ऋण खोज्नु परेको परिवारले बताएका छन् । भैरहवामेै बसेर डाइलासिस गराईरहेका उनलाई उपचारमा केही सहयोग पुगोस् भन्दै आर्टिष्ट मुन्ना हिताङ्गले ५ हजार १ सय ५५ रुपैयाँ सहयोग गरेका छन् ।
सिद्धार्थनगर वडा नम्बर ८ मा हितङ्गा आर्टका नमाबाट ख्याती कमाएका मुन्नाले आफनो जन्मदिनको अवसर पारी परियारलाई नगद सहित अण्डा प्रदान गरेका हुन् । परियार चितवनको वेल्दीया भन्ने स्थानमा परिवारसँग बस्दै आएका थिए । रोजगारी का लागि १७ वर्ष का हुदाँ भारत गएका उनी ३ वर्षसम्म बसेर फर्केका थिए । अहिले अस्थाई रुपमा भैरहवामा रहदै आएका उनको नौं महिना अघि दुबै मृगौलामा खराबी देखिएको थियो ।
परियारका परिवारले आर्थिक सहयोग प्रदान गर्ने मुन्ना हिताङ्ग प्रति आभार प्रकट गर्दै अन्य सहयोगीहातहरुमा सहयोगका लागि आग्रह गरेका छन् ।
मृगौला बिरामी प्रविणलाई सहयोग गर्न इच्छुक हुनुहुन्छ भने नम्बरमा ९८०६९५०३००मा सम्पर्क गर्न सक्नुहुन्छ ।
यो पनि पढ्नुहोस् :यस अघि लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले रु. ५१००० रुपियाँ र सुरज भण्डारीले वैवाहिक वर्षगाँठको अवसरमा रु. ५१०० सहयोग गरेका थिए
Get real time update about this post categories directly on your device, subscribe now.