- भैरहवा ।
सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा गत जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरेको छ ।
सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुर्नस्थापना गर्दै संविधानको धारा ७६ (५) अनुसार नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सर्वाेच्च अदालतको संवैधानिक इजलासले असार २९ गते साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न आदेश जारी गरेको हो ।
अब राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री नियुक्ति गर्नुपर्नेछ ।
Get real time update about this post categories directly on your device, subscribe now.