- राजन चौधरी
सियारी ।
रुपन्देहीको सियारी गा. पा. वडा नम्बर ७ नेपाली काँग्रेसद्वारा सर्वाेच्च अदालतको फैसला ऐतिहासिक भएको भन्दै दीप प्रज्वलन गरेका छन् ।
सियारी गा.पा. वार्ड नम्बर ७ एवम् नेपाली काँग्रेसका कार्य बाहक सभापती महेन्द्रराज घिमिरेको सभापतित्व एवम् महाधिवेशन प्रतिनिधि तथा जिल्ला सदस्य बुद्धिराम हरिजनको प्रमुख आतिथ्यतामा सम्पन्न दीप प्रज्वलन कार्यक्रममा नेपाली काँग्रेस रुपन्देही जिल्ला महिला विभागका सह–सचिव रिता चौधरी, लुम्बिनी प्रदेशका शिक्षक महा संघका जिल्ला सह–सचिव मथुरा यादव, लगायतले सर्वोच्च अदालतले संविधान सम्मत निर्णय गरी जनतालाई न्याय दिएको बताएका थिए ।
उनिहरुले ओली सरकारले मनपरी ढङ्गले संविधान को अन्त्य गर्ने दुस प्रयासलाई अदालतले सहि निर्णय एवम् फैसला गरेको बताएका थिए ।
कार्यक्रममा वार्ड न. ६ का नेपाली काँग्रेस सभापति सुर्य नरायन यादव, अनुगमन समितिका सदस्य, खगेन्द्र रिजाल, पूर्व महाधिवेशन प्रतिनिधि सदस्य सुन्दर गुप्ता लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि , बुद्धिजीवी , समापसेवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन केशव अधिकारिले गरेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.