- भैरहवा
विभिन्न क्षेत्रमा क्रियाशील युवा व्यवसायीहरु राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् । बुधवार भैरहवामा आयोजित एक कार्यक्रममा रुपन्देही र नवलपरासीका युवा व्यवसायीहरु जनमुक्ति पार्टी प्रवेश गरेको लुम्बिनी प्रदेश सञ्चार विभाग प्रमुख रोशन अस्लामी मगरले बताए ।
राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका युवा नेता मोजिब अलिको पहलमा भैरहवाका अरमान अन्सारी र दिपेन्द्र खनाल तथा नवलपरासी सुस्ताका सम्साद अन्सारीको नेतृत्वमा पार्टी प्रवेश गरेका हुन् । सो क्रममा उनीहरुलाई टिकट दिएर पार्टी प्रवेश गराउँदै पार्टीका महासचिव केशव सुर्यवंशी मगरले राष्ट्रिय जनमुक्ति पार्टी विचार, सिद्धान्त र नैतिकताको बलमा अघि बढेको बताउँदै भ्रष्टाचारलाइ निर्मुल पार्नु र भ्रष्टाचार प्रमाणित व्यक्तिलाई आजीवन जेल सजाय र सम्पत्ती राष्ट्रियकरण गर्ने कडा कानूनको माग सहित वकालत गर्दै हिन्ने एकमात्र पार्टी रहेको बताए ।
नव प्रवेशी अरमान अन्सारी लगायतले देशका अन्य पार्टीहरु भन्दा जनमुक्ति पार्टीको सिद्धान्त र विचार मन परेर प्रवेश गरेको बताउँदै पार्टीलाई संगठित गराई आगामी निर्वाचनमा जित दिलाउन लाग्ने बताए । कार्यक्रममा पार्टीका अध्यक्ष डा. हाजि मोहम्मद, लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्ग, जिल्ला अध्यक्ष प्रेम थापा मगर, प्रदेश सचिव विके राना, जनमुक्ति युवा महासंघ लुम्बिनी अध्यक्ष डिवी थापा, युवा नेता मोजिब अलि लगायतले बोलेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.