- भैरहवा ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छलेर नेपाल भित्रयाइएका विभिन्न सामानहरु तथा सामान राखिएको जीप सहित नियन्त्रणमा लिएको छ । कार्यालयको टोलीले लु २ ख १२९९ नम्बरको बलेरो पिकअप गाडीमा २६ बोरा चिनी, १८ बोरा मटर (केराउ), विभिन्न कपडाहरु, हुक्का, स्मोक पाइप, हुक्काको आल्मुनियम ग्राइन्डर, हुक्का फ्लेभर, हुक्का पाइप, हुक्का पेपर र मिनी हुक्का लगाएतका सामाग्री फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए ।
फेला परेको सामानहरुको कुनै पनि बिल, भौचर तथा भन्सार गरिएको कागजात नभएपछि आवश्यक कारवाहीका लागि पिकअप गाडी सहित भन्सार कार्यालय बेलहिया पठाइएको प्रवक्ता थापाले बताए । बरामद वस्तु एवम् सामानको मूल्य करिब १४ लाख ४४ हजार रहेको छ । खुल्ला सिमा नाकाको फाएदा उठाउँदै भन्सार छलेर सामान लिएर आउने क्रम बढेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.