- भैरहवा ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही अन्र्तगतका विभिन्न इकाई कार्यालयद्वारा भारत तर्फबाट भन्सार छलि गरी लुकाई, छिपाई गरी ल्याउँदै गरेको अवसस्थामा विभिन्न वस्तु तथा सामाग्रीहरु बरामद गरेको छ ।
सामानहरु वडा प्रहरी कार्यालय भैरहवा, इलाका प्रहरी कार्यालय मझगाँवा मातहत प्रहरी चौकी शिवपुर, गोनहा, इलाका प्रहरी कार्यालय धकधई, इलाका प्रहरी कार्यालय सुर्यपुरा मातहतको प्रहरी चौकी पोहवा र इलाका प्रहरी कार्यालय मर्चवार मातहतको प्रहरी चौकी मुडिला करौताबाट खटिएका प्रहरी टोलीले बरामद गरेका हुन् । सबै सामानहरुलाई आवश्यक कारवाहीका लागि मंगलवार भैरहवा भन्सार कार्यालय पठाइएको कार्यालयले जनाएको छ ।
सामानसँगै माल सामाग्री ल्याउँन प्रयोग गरिएका लु १७ प ८६७ र लु १८ प ५३२८ नम्बरको मोटरसाइकल समेत भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । सामानहरुको मूल्य ७ लाख ६८ हजार बराबर छन् । भन्सार पठाइएका सामानहरुमा एसियन पेन्ट ४० लिटर, मोटर पार्टस्हरु चिनी ७ सय ७५ किलो, किराना सामानहरु, कुर्था, सुरुवाल लगायतका कपडाहरु, ५० किलो छुर्पि, सजावटका लागि प्रयोग गरिने पाइप १० किलो, व्यूटीपार्लरमा प्रयोग हुने सौन्दर्य प्रशाधनका सामान रहेका छन् ।
महिलाको भित्री वस्त्र, टि–शर्ट, नेट साडी बरामद
त्यस्तै गरी वडा कार्यालयका प्रहरीका प्रमुख प्रहरी निरीक्षक सुवास तिमिल्सिनाको टोलीले मायादेवी गाउँपालिका वडा नं. ८ विश्वकर्मा मन्दिर (लभ गार्डेन) क्षेत्रबाट भन्सार छलि गरी ल्याएको महिलाको भित्री वस्त्र (ब्रा), टि–शर्ट, नेट साडी लगायत नियन्त्रणमा लिएको छ ।
१ लाख ७३ हजार ३ सय रुपैयाँ भन्दा बढीको सामानहरुमा १ हजार १ सय ६४ पिस महिलाको भित्री वस्त्र (ब्रा), टि–शर्ट १ सय ६ थान, पर्दा २० थान, नेट साडी ५ थान, लेहेङ्गा ७ थान, एशियन पेन्ट ४० लिटर, चिनी पौने एक क्विन्टल रहेका छन् । सबै सामानहरुलाई आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय चलान गरिएको छ ।
यो पनि पढ्नुहोस् । प्रहरीद्वारा हुक्कामा प्रयोग हुने सामाग्री बरामद
Get real time update about this post categories directly on your device, subscribe now.