- भैरहवा ।
रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्डको वर्ष २०२१÷२२ को पदाधिकारीहरुको पदस्थापन सम्पन्न भएको छ । सो क्लब स्थापना भएको वर्ष २०२०/२१ का संस्थापक अध्यक्ष अस्मित लामगादेले वर्ष २०२१/२२ का अध्यक्ष दिक्षा सुनारलाई पद हस्तान्तरण गरे ।
क्लबको लागि वर्ष २१÷२२ मा उपाध्यक्ष पदमा मा दिपेद्र चौधरी, सचिवमा विकाश तिवारी, सहसचिवमा राम कृष्ण बराल, कोषाध्यक्षमा सुनिल सुनार रहेका छन् । त्यसै गरी सर्जेन्ट एछ आर्मस साहिद खान, सम्पादक मनोज कुर्मी, कम्युनिटी सर्भिस चियर निकिता सुनार, प्रोफेशनल सर्भिस चेयर धिरेन्द्र यादव, इन्टरनेशनल सर्भिस चेयर, सागर लामगादे, इन्टरयाक्ट कोअर्डिनेटर एलिशा रामदाम, क्लब सर्भिस चेयर अनिश पुन, एक्स«ा करीकुलम चेयरपर्शन महिमा गोतामे, स्पोटर्श चेयरपर्शन रोहित खड्का, प्रेसिडेन्ट एडभाइजर दिनेश पौडेल, क्लब एडभाइजर हिरा बहादुर शाह र बोर्ड एडभाईजर बिमल सेन्चुरी रहेका छन् । सदस्यहरुमा रोशन शाह, राहुल यादव, रितु पाण्डे, विकाश भन्डारी, आकाश गुप्ता, अश्फाक खान, विशाल साहनी र महबुब आलम रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि रोटरी डिस्ट्रिक ३२९२ नेपाल भुटानका डिस्ट्रिक गभर्नर (नोमिनी) राजेन्द्र ध्वजू, बिशिष्ट अतिथि रोटरी डिस्ट्रिक ३२९२ नेपाल भुटान जोन २५ का असिसटेन्ट गभर्नर कृष्ण पाण्डे, विशेष अतिथि रोटरी डिस्ट्रिक ३२९२ नेपाल भुटानका डिआरआर इलेक्ट रोट्राक्टर लक्ष्मण खरेल लगायतले सामाजिक क्षेत्रमा रोट्रयाक्ट क्लबको भूमिका सह्रायिन रहेको र अहिले कोरोना संक्रमण र जोखिमका बावजुद समाजमा गरेका कामहरु उत्कृष्ट रहेको बताएका थिए । पदस्थापन कार्यक्रमको सञ्चालन क्लबका सचिव र क्लब सर्भिस चेयर विकाश तिवारीले गरेका थिए । क्लबका उपाध्यक्ष दिपेन्द्र चौधरीको स्वागत मन्तब्य रहेको कार्यक्रममा धन्यवाद् मन्तब्य सहसचिव राम कृष्ण बरालले राखेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.