- भैरहवा ।
भारतबाट कुखुरा ल्याउने तिनजनालाई जनही २५ हजार जरिवाना लगाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले रोहिणी गाउँपालिका क्षेत्रबाट बोईलर कुखुरा ल्याउँदै गरेको अवस्थामा ३ जनालाई कुखुरा सहित नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाका अनुसार लु ६ प ३०२५, लु ५ प ५०८८ र युपि ५३ ए ६९१६ नम्बरको मोटरसाइकलमा ल्याउदै गरेको अवस्थामा १५० वटा कुखुरा (३०० किलो) सहित रोहिणि गाउँपालिका ४ छिपागढ बस्ने मुबारक मुसलमान, नजरे आलम र अनिल बानियालाई नियन्त्रणमा लिएको थियो ।
कुखुरा आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय बेलहिया तथा मानिस र मोटरसाईकल भन्सार कार्यालय पठाएकोमा संलग्न तिनै जनालाई जनही २५ हजार रुपैयाँ जरिवाना भएको छ । पन्क्षी जन्य वस्तु, अन्डा भारतबाट नेपालमा ल्याउन प्रतिबन्ध छ । खुल्ला सिमानाकाको फाइदा उठाउँदै भारतबाट नेपालमा जिउँदा बोइलर कुखुरा, अन्डा, चल्ला र बोइलर कुखुराको मासु समेत ल्याएर बिक्री गरेको पाइन्छ ।
प्रहरीले सक्रियता बढाउँदा समेत यसरी प्रतिबन्ध रहेको पन्क्षी जन्य वस्तुहरु ल्याउने क्रम रोकिएको छैन् । कुखुराको मूल्य १ लाख ८० हजार बराबर रहेको प्रहरीको भनाई छ । उता प्रहरी कार्यालय रुपन्देही र कार्यालय मातहतका बिभिन्न इकाईहरुले भन्सार छलेर ल्याएका अन्य विभिन्न खाद्यवस्तु, मोबाइल, कपडा र कुखुरा लगायतका वस्तु समेत बरामद गरेका छन् । थापाका अनुसार बरामद सबै सामग्रीहरु मंगलवार (श्रावण १९) गते आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ । बरामद भएका सबै सामग्रीहरुको मूल्य ११ लाख १८ हजार रुपैयाँ छ ।
ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीको टोलीले बिभिन्न कम्पनीका मोबाइल फोन सेट ३७, ईयरफोन १७५ पिस, ब्लुटुथ ५ पिस र मोबाइलको ब्याट्री १०० पिस बरामद गरेको थियो । जसको बजार मूल्य ८ लाख २० हजार बराबर रहेका छन् । त्यसै गरी ईलाका प्रहरी कार्यालय मझगावा रुपन्देही अन्तरगतको शिवपुर, गोनाहाबाट खटिएको प्रहरी टोलिले ३३ हजार मूल्य बराबरको कुर्था सुरुवाल २९ थान, तन्ना र पर्दा ७ पिस बरामद गरेको छ भने ईलाका प्रहरी कार्यालय मंगलापुरको टोलीले १० हजार रुपैयाँ बराबरको ४ बोरा चिनी बरामद गरेको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.