- भैरहवा ।
रुपन्देही प्रहरीले ३२ गाईगोरु नियन्त्रणमा लिई भन्सार कार्यालय बेलहिया चलान गरेको छ । ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक रविन्द्र महतको टोलीले मंगलवार राती साढे ११ बजे लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ लोखडिया नजिकैबाट ना ६ ख १००३ नम्बरको ट्रक चेक जाचका क्रममा ३२ गाईगोरु फेला पारेको र गाईगोरु कहाँ ? के ? प्रयोजनको लागि लैजान थालेको केही बताउन नसकेको र कागजपत्र पनि नभएकोले नियन्त्रणमा लिई ट्रक, चालक र मानिसलाई समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया चलान गरेको प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले बताए ।
ट्रक सहित नियन्त्रणमा रहेकामा कपिलवस्तु नपा ९ कुश्माका २७ वर्षका चालक दिपक बि.क., सहचालक वाणगंगा नगरपालिका ९ बस्ने वर्ष २७ का अनिल सुनार, लुम्बिनी साँस्कृतीक नगरपालिका ६ सुजन्डिहवा बस्ने ३२ वर्षका अजिजुल्लाह तथा सोहि ठाउँका वर्ष २२ का अनिस अहमद र नाबालक (१४ वर्ष) का सफिक खान रहेका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.