- भैरहवा ।
किशन बन्जाडे (३४) यहि असार २६ गते वैैदेशिक रोजगारका लागि कतार जाने क्रममा थिए । रुपन्देही सियारी गाउपालिका वडा नम्बर ४ छपियाका उनि यस अघि पनि ८ वर्षसम्म कतार बसेर केही सम्पत्ति जोडेका थिए । काठमाडांै श्रावण २४ गते बेलुकाको बसबाट जाने कुरा थियो । तर काठमाडांै जानु १ दिन अघिनै उनको मृत्यु भयो । त्यस्तो केही बिरामी नभएको तर केही दिन अघि जन्डिस देखिएको परिवारका सदस्यले बताएका थिए । जन्डिस देखिए पछि उपचारका लागि असार २३ गते बुटवल तिर लैजाने कुरा हँुदै थियो, आफन्ती र छिमेकी १०, १२ जना जुटेका थिए, उपचारका लागि जान नपाउँदै छोराले प्राण त्याग्यो, आमा बिष्णु मायाले आँखा भरी आशु पार्दै भनिन् । ‘‘जिउ अचानक फाल्यो, नआतिउँ बाबु भन्दै पानी पिउन दिए । बुहारी पुजाले पानी दिदादिदै हात खुट्टा छोड्यो छोराले, बुहारी आत्तिदै चिच्याउन थालिन, आमा बिष्णुमायाले भनिन् ।’’ ‘‘घरको एक मात्र साहारा थियो । दैवले चुडेर लग्यो’’ आमाले भनिन् । ६ महिना अघि श्रीमान् बित्नु भयो । श्रीमान् बित्ने दिनको राती छोरा (किशन) कतार जानका लागि काठमाडांै जाने नाइट बसको टिकट काटेको थियो । बुवा बितेर कतार जान रोकिएका छोरा किशन छपिया घरबाटै कहिल्यै नफर्कने गरी उडे । छोरा किशनको कमाइले घर खर्च सबै चलेको थियो ।
कतारमा पसिना चुहाउँदै कमाएको पैसाले घरबार जोडे । ११ धुर जमिन र त्यसमा सानो घर बनाएका थिए रोजगारको कमाइले छपियामै । तर अब बन्जाडे परिवार संकटमा परेको छ । ४ वर्ष अघि किशनको साढे ४ महिनाको छोराको मृत्यु भएको थियो । ४ वर्षको अन्तरमा हजुरबुवा, नाती र छोराको निधन भएको छ । किशनका २ छोरी छन् । ठूली छोरी ४ वर्ष पुग्न लागिन् । कान्छि छोरी काखमै छिन् ४ महिनाकी । कमाउनेलाई गुमाउँन पुग्दा आर्थिक समस्या बन्जाडे परिवारमा देखिन थालेको छ ।
मिलिजुली टिकटक समूहको राहत
बन्जाडे परिवार अप्ठ्यारोमा परेको थाहा पाएपछि टिकटक बनाउने समूह मिलिजुली टिकटक परिवारले आर्थिक सहयोग गरेको छ । टिकटकको माध्यमबाट आर्थिक श्रोत जुटाई यस अघि पनि दुःखमा परेकाहरुलाई सहयोग गर्दै आएको छ । रुद्रपुरकी श्रृजना सुबेदीले छपियाको बन्जाडे परिवार अप्ठ्यारोमा परेको मिलिजुली टिकटक परिवारमा भनेकी थिइन् । श्रृजना पनि टिकटक बनाउछिन् । सो समूहले तत्कालै कृया खर्चका लागि १० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । पछि घरमै गएर थप ४० हजार ५५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको मिलिजुली टिकटक समूहका सल्लाहकार माधव शर्माले बताए ।
मिलिजुली टिकटक समूह मार्फत अमेरीकाका गगन थापाले २० हजार, भैरहवाका बिमल सेन्चुरीले ५ हजार, युएइका रमेश बस्यालले ५ हजार, भैरहवाका विनिता श्रेष्ठले ५ हजार, आरएन घिमिरे काठमाडाैंबाट १५ सय, इस बहादुर लामा कतारबाट १ हजार ५०, विकाश ब्लोन काठमाडाैंबाट ५०५, लक्ष्मण योगीले २ हजार र मिलिजुली कोषबाट १० हजार रुपैयाँ सङ्कलन गरी सहयोग हस्तान्तरण समूहका कानूनी सल्लाहकार लक्ष्मणनाथ योगीले गरेका थिए । सो क्रममा मिलिजुली टिकटक समूहका संरक्षक राधा शैजुले १ बोरा चामल बन्जाडे परिवारलाई प्रदान गरेको थिए । सो समूहले किशनको ४ महिने छोरीका लागि प्रत्येक महिना मासिक १ हजारका दरले पोषण खानाका लागि रकम सहयोग गर्ने र विद्यालय जाने भए पछि पठनपाठनमा मद्दत गर्ने निर्णय लिएको सल्लाहकार शर्माले बताए । कार्यक्रममा मिलिजुली टिकटक समूहका मधुसुधन पाठक, सिद्धार्थ गौतम पनि उपस्थित थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.