- भैरहवा ।
लुम्बिनी साँस्कृतिक नगरपालिकामा सवारी साधनको ठक्करले एक हरिणको मृत्यु भएको छ । मंगलवार बिहान लुम्बिनी बाट तौलिहवा जाने बाटो तर्फको लोखडिया चोकको किनारमा मृत अवस्थामा एक व्यस्क हरिण फेला परेको ग्रिनयुथ क्लब लुम्बिनीका अध्यक्ष तथा पंक्षी एवं जनावर संरक्षण अभियानकर्ता अर्जुन कुर्मीले बताए ।
‘‘तिब्र गतिमा रहेको गाडीले ठक्कर दिएको देखिन्छ मुख र पछाडि ठूलो चोट छ,’’ उनले भने । ‘‘हामीले लुम्बिनी क्षेत्रमा वन्यजन्तुहरु धेरै छन्, तिनीहरुलाई बचाउनु पर्छ, संरक्षण गर्नु पर्छ भन्नेमा लागेका छौं, तर भने अनुसार हुन सकेको छैन ।’’ कुर्मीले भने ।
लुम्बिनी क्षेत्रमा हरिणका साथै निलगाई, बदेल, स्याल, बाघ प्रजातिका साना वन बिरालो, बादर लगायतका वन्यजन्तुहरु रहेका छन् । लुम्बिनी क्षेत्र बिचबाटै तौलिहवाका लागि मुख्य सडकमार्ग छ । सडकमार्ग हुँदै वन्यजन्तुहरु ओहरदोहर गर्छन् । त्यही क्रममा तिब्र गतिमा चल्ने सवारी साधनको ठक्करले वन्यजन्तुहरुको ज्यान जाने गरेको कुर्मी बताउँछन् । ‘‘यसका लागि अन्डरपासको व्यवस्था हुनु पर्छ र गति सवारी साधनको गति नियन्त्रणका लागि पहल गर्नु पर्छ ।’’ उनले भने । त्यसो त त्यसक्षेत्रमा हरिण, बदेल, निलगाईको चोरी शिकारी पनि हुने गरेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.