- भैरहवा ।
राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले एमसीसीको बिरोधमा भैरहवामा कार्यक्रम गरेको छ । ‘‘विचार धारा, हाम्रो अभिभारा’’ भन्दै पार्टीले एमसीसी सित संझौता गर्न नहुने र यसले देशको अस्तित्व खतरामा पर्ने भन्दै शान्तिपूर्ण ¥याली र खबरदारी सभा आयोजना गरेको छ । खबरदारी सभा पूर्व ¥याली भैरहवाको शुकदेव पार्कदेखि मिलनचोक, देवकोटा चोक हुँदै शुकदेव पार्कमै आएर सभामा परिणत भएको थियो ।
कार्यक्रममा पार्टीका सङ्घीय परिषद् सदस्य गीता सारु, राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला अध्यक्ष प्रेम बहादुर थापा, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्ग, लुम्बिनी प्रदेश सूचना विभाग प्रमुख राम अस्लामी जनमुक्ति पार्टीका, युवा नेता तथा राष्ट्रिय मुस्लिम परिषद् केन्द्रीय महासविच मोजिब अलि, युवा नेता खसआर्य परिषद्का सदस्य दिपेन्द्र खनाल लगायतले खबरदारी गर्दै एमसीसीसंग संझौता गर्न नहुने बताए ।
पार्टीका जिल्ला सचिव दिल माया गुरुङ्गको संचालन तथा नगर अध्यक्ष प्रेम बहादुर गुरुङ्गको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.