- भैरहवा ।
कुनै राजनितिक त्रुटी भएन भने बिहीवार (श्रावण २८) गते लुम्बिनी प्रदेशले नयाँ मुख्यमन्त्री पाउनेछ । मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध विपक्षी गठवन्धनले अविश्वास प्रस्ताव पेश गरेका थिए । बुधवार विशेष अधिवेशन थियो । तर अधिवेशन अगावै मुख्यमन्त्री पोखरेलले राजिनामा दिए, पछि प्रदेश प्रमुखले २८ गतेको समय सिमा तोकेर मुख्यमन्त्री पदका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुखको आह्वानसंगै विपक्षी गठवन्धन मध्येका नेकपा माओबादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्रीका उम्मेदवार हुन् । विपक्षी गठवन्धनले केसीलाई मुख्यमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत गर्ने निर्णय गरिसकेको छ । केसी नेकपा नफुट्दै मुख्यमन्त्री पोखरेलको मन्त्रीमण्डलमा मन्त्री थिए । उनि आन्तरिक मामिला तथा कानून मन्त्री थिए ।
मन्त्रीहरुका लागि भैरहवा अञ्चलपुर स्थित तत्कालिन भैलुभुज कार्यालय क्षेत्रमा मन्त्री निवासको व्यवस्था रहेको थियो । प्रायः मन्त्री त्यहाँ बस्दा उनि बस्न मानेनन् । कारण थियो भैरहवामा धेरै लामखुट्टे लाग्छ, लामखुट्टेको शहर हो र अर्को कुरा भैरहवामा बस्न शान्ति सुरक्षाको कारणले खतरा छ भन्ने उनको तर्क थियो । त्यति बेला उनले यो दुई कारण देखाउँदै भैरहवाको मन्त्री निवासमा नबस्ने भनेका कुराहरु समाचार र सामाजिक सञ्जालमा पनि आएको थियो । केसी जो भावि मुख्यमन्त्री समेत हुन् । उनले भैरहवालाई लामखुट्टे धेरै हुन्छ भनेर व्यङ्ग गरे र भैरहवामा शान्ति सुरक्षाका लागि खतरा हुन्छ समेत भन्न भ्याए ।
वास्तवमा उनले त्यति बेला प्रकट गरेको अभिव्यक्तिले भैरहवाबासीलाई पिडा दिएको थियो । जुन भैरहवा शहरले विगतका आन्दोलनलाई उत्कर्षमा पु¥यायो, २०७२ सालमा अघोषित नाकाबन्दी हुँदा देशका सबै नाका ठप्प हुँदा भैरहवा नाका देशकै लाइफ लाईन नाका बन्यो, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्नको अन्तिममा छ, बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार हो, स्थलमार्ग हुँदै तेश्रो मूलुकका सबैभन्दा बढी पर्यटक भित्रने शहर हो र देशको राजस्वमा ठूलो हिस्सा यसै क्षेत्रबाट सङ्कलन भएर गएको हुन्छ, त्यस्तो स्थानलाई शहरलाई माननियज्यूले के के भनिदिनु भयो, भैरहवाबासीले बिर्सेका छैनन् । तराईमा लामखुट्टे पाउनु स्वभाविक हो, अहिले पहाडमा त सामान्य भइसकेको छ लामखुट्टे । भैरहवालाई उतिबेलै मन नपराएका केसीबाट अब भैरहवाबासीले के अपेक्षा गर्ने ।
Get real time update about this post categories directly on your device, subscribe now.