- भुमही ।
माओवादी पूर्व नेकपा पार्टीबाट अलग भए तथा अदालतको आदेश अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत पार्टी भएसँगै माओवादीले संगठन विस्तारलाई तिव्रता दिएको छ । संगठन विस्तारका क्रममा कार्यकर्ता तथा अगुवा कार्यकर्ता भेला एवम् प्रशिक्षण स्थानीय तहका वडाहरुको भेलाहरु आयोजना भइरहेका छन् । यसै क्रममा नेकपा माओवादी केन्द्र नवलपरासी (बसुप) मा पनि संगठन विस्तारका लागि कार्यक्रम भइरहेका छन् ।
नेकपा माओवादी केन्द्र, सुनवल वडा नं. १२ भुमहीको वडा भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन गर्दै पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व स्थानिय विकास राज्य मन्त्री घनश्याम यादवले अब फेरी संगठनलाई मजबुत बनाई पार्टीलाई देशकै एक नम्बर पार्टी बनाउनु पर्ने बताए । सो भेलाले रण बहादुर कुँवर अध्यक्ष र प्रताप क्षेत्री सचिव रहेको ३३ सदस्य वडा कमिटी गठन गरेको छ ।
त्यसैगरी सोहि भेलाले राजेन्द्र चौधरी अध्यक्ष र विनोद तिमिलसिना सचिव रहेको ४६ सदस्य वाइसिएल वडा कमिटि र तारामती चौधरी अध्यक्ष रहेको ३१ सदस्य अखिल नेपाल महिला संघ क्रान्तीकारीको वडा कमीटी पनि गठन गरेको जिल्ला सदस्य भोला पराजुलीले बताए ।
गठित नयाँ वडा कमिटीलाई केन्द्रीय सदस्य घनश्याम यादवले सपथ ग्रहण गराएका थिए भने वाइसिएल वडा कमिटिलाई वाइसिएल नेपालका जिल्ला अध्यक्ष दिपक रानाले र अखिल नेपाल महिला संघ क्रान्तीकारी कमिटीलाई अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला अध्यक्ष बविता वि.क. ले सपथ ग्रहण गराएकी थिइन् । वडाभेलामा पार्टीका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य सिता वौडेल, जिल्ला अध्यक्ष भविश्वर तिवारी (आजाद), प्रदेश सदस्य सूर्य न्यौपाने लगाएतको उपस्थिति रहेको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.