- भैरहवा ।
इलाका प्रहरी कार्यालय रुपन्देहीको टोलीले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ४ मा चेकजाँचको क्रममा स्रोत नखुलेको १० लाख रुपैयाँ सहित २ जना नियन्त्रणमा लिएको छ । साउन ३० गते दिउँसो १२ बजे लुसाँनपा वडा नं. १३ वडवलियाका २० वर्षिय विष्णु यादव र सोही ठाउँका १९ वर्षिय अनवर मुसलमान लु ४३ प २६५० नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
चेकजाँचका क्रममा अनवरले हातमा बोकेको प्लास्टिको झोलामा रु. १० लाख भेटिएकोमा सो रकमको स्रोत खुलाउन नसकेपछि रकम र मोटरसाइकल सहित दुबै जनालाई आज आइतवार राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.