- भैरहवा ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ सिसवा नजिकै घाघरा नदि माथि पुल बने पनि पश्चिम तर्फ बाटो निकास नहुँदा पुल प्रयोग विहिन बनेको छ । पुलसम्म पुग्ने पहुँच बाटोको जग्गा व्यवस्था नहुँदै पुल निर्माण गर्नु गम्भिर त्रुटी देखिएको छ ।
करोडांै खर्चेर निर्माण भएको पुलको लम्बाई ४० मिटर रहेको छ र पुलमा स्पान संख्या १ रहेको छ । पुल सिद्धार्थनगर र मायादेवी गाउँपालिकाको सिमानाका रुपमा रहेको छ । सिद्धार्थनगर तर्फ भने पुल जाने बाटो निर्माणका लागि स्थानीयले जग्गा दिएका छन् । तिन पुस्तादेखि त्यहाँ बस्दै आएका जयप्रकाश मुरावले भन्छन्, ‘‘हामीले पुल बन्ने भएपछि बाटोका लागि जग्गा दियांै’’ तर पारी दिएनन् । पुल पारी मायादेवी गाउँपालिका वडा नम्बर ६ क्षेत्र पर्दछ र नजिकै दुर्गौंलिया गाउँ छ । पुल नजिकै सार्वजनिक बाटो भएपनि पुल बनाउँदा बाटो तर्फ पुलको मुख नगरी सिधै सर्बसाधारणको खेततर्फ पुलको अन्तिम बिन्दु बनाइएको छ । अहिले पुलको पश्चिम मुखमा धान खेत छ । त्यहा शंकर यादव, श्रीधर यादव र सुकई यादवको खेत छ । यादव बन्धुहरुले बाटो बनाउन खेत दिन अस्विकार गरेपछि पुलसम्म पुग्ने बाटो बन्न नसकेको हो ।
पुल बनाउँदा सुरुमा यतै सार्वजनिक बाटोमा जोडिने गरी पुल बन्ने कुरा थियो, पछि खै उतैबाट किन बनाए थाहा नपाएको स्थानीय उत्तम सिंह थापाले बताए, ‘‘सरकारी बाटो हुँदाहुँदै सर्वसाधारणले पुलमा जाने बाटो बनाउन आफ्नो खेत दिने कुरा पनि भएन ।’’ थापाले भने । यो पुल निर्माणमा गम्भिर त्रुटी देखिएको छ । यस क्षेत्रका तत्कालिन सांसद दिपक बोहोराको पहलमा त्यहाँ पुल बने पनि पुलसम्म पुग्ने पहुँच सडकका लागि बोहोराले स्थानीयको मनजित्न सकेनन् । नत सडक विभाग तिर नै पहल गरे । सिद्धार्थनगर नगरपालिका क्षेत्रबाट पुलसम्म जाने पहँुच बाटो बने पनि मायादेवी गाउँपालिकामा बन्न सकेन् । यो विषयमा मायादेवी गाउँपालिकाले पनि कुनै पहल गरेको देखिएन् ।
सडक डिभिजनल कार्यालय बुटवलद्वारा निर्मित पुल मर्चवार क्षेत्रका सर्वसाधारणलाई छिटो–छरितो रुपमा सदरमुकाम भैरहवा आवत जावत गर्न सजिलो होस् भन्ने उद्धेश्यले बनेको हो । भैरहवालाई मर्चवारसंग जोड्ने घाघरा पुल हो । तल पुलसम्म पुग्ने पहुँच बाटो नहुँदा अलपत्र छ । पहुँच बाटोको पहिचाननै नगरी सडक विभागले पुल बनाउँदा त्रुटी देखिएको हो । यो पनि एक किसिमको भ्रष्टाचारनै हो । यस्ता नदेखिएका घटनाहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यान खासै गएको देखिदैन् । अहिले अख्तियारको चर्चा भैरहवाको सडकमा छ तर बाटो नभएको पुलमा कहिले हो पहँुच पुग्ने अख्तियारको ।
Get real time update about this post categories directly on your device, subscribe now.