- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
सर्वसम्मत गराउने अथक प्रयास विफल भए पछि नेकपा एमाले सिद्धार्थनगर नगर समितिको प्रथम अधिवेशनबाट नयाँ नेतृत्वका लागी निर्वाचननै हुने भएको छ । सर्वसम्मत गराउने प्रयास मंगलबार दिनभर भए पनि सफल नभए पछि उम्मेदवारी दर्ता भएको थियो । पार्टीका २ उप महासचिव बिष्णु पौडेल र घनश्याम भुषाल समर्थक समूह विच निर्वाचन हुने निश्चित भएको छ । यद्यपी सहमति जुटाउनका लागी अहिले बिहान ११ बजे बाट दुबै पक्ष विच छलफल हुदैछ । अन्नपुर्ण टोल स्थित दुर्गा मन्दिर परिसरमा हुने छलफलमा सहमती नजुटे निर्वाचन हुने छ ।
अध्यक्ष पदका लागि धुव्रप्रसाद अधिकारी, चक्र बहादुर थापा र थानेश्वर पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । अधिकारी र थापा पौडेल पक्षका हुन् भने पौडेल भुषाल पक्षका । त्यसैगरी उपाध्यक्षका लागि तीन जनाको उम्मेदवारी छ । अर्जुन कुमार गिरी, सीता काफ्ले लक्ष्मी केसी मध्ये गिरी र काफ्ले पौडेल पक्षको र केसी भुषाल पक्षका हुन् । सचिवका लागि २ जनाको उम्मेदवारी रहेकोमा पौडेल निकटका नारायणप्रसाद भण्डारी र भुषाल पक्षका मनोजकुमार रिजाल रहेका छन् । दुई जना उपसचिव पदका लागि ५ जनाको उम्मेदवारी परेको छ। उपसचिवका लागि निशा भट्टराई, सरोज ठकुरी, रणबहादुर कुवंर, माया कडेंल, कुमार गुरुङको उम्मेदवारी परेको छ। सिद्धार्थनगरमा भुषाल पक्षका उम्मेदवारलाई हराउन पौडेल पक्ष खुलेर लागेका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.