श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
बुद्ध जन्मस्थल लुम्बिनीमा जाऔं लुम्बिनीमा खाऔं, लुम्बिनीमै रमाखाऔं, नारा सहित लुम्बिनी फूड फेस्टीभल हुने भएको छ । लुम्बिनी होटल एशोसियसन लुम्बिनीको आयोजनामा फुड फेस्टिभल हुन लागेको हो । अंग्रेजी नयाँ वर्ष २०२२ को पूर्व सन्ध्या डिसेम्बर ३१ तारिखमा आयोजना हुने लुम्बिनी फूड फेस्टिभल यो पटक दुई दिनसम्म आयोजना हुने लुम्बिनी होटल एशोसियसनका अध्यक्ष गोबिन्द ज्ञवालीले बताए ।
फूड फेस्टिबलको यो आठौं संस्करण हो, गत वर्ष कोरोना भाइरस संक्रमण र जोखिमका कारण फूड फेस्टीभल आयोजना हुन सकेको थिएन् । लुम्बिनीको पर्यटन प्रवद्र्धनार्थ दुई १२ वर्ष अघिदेखि प्रारम्भ भएकोे लुम्बिनी फूड फेस्टीभल यस पटक देखि २ दिनसम्म डिसेम्बर ३१ र जनवरी १ (पुस १६ र १७) मा हुने भएको हो । लुम्बिनी बजार (महिलवार)मा हुने फूड फेस्टिभलमा १ सयका हाराहारीमा बिभिन्न स्टल हुने जनाइएको छ ।
नेपाली स्वाद त्यसमा पनि थारु, नेवार, मगर लगायतका समुदाय र विदेशीमा भारतीय,चाइनिज, थाई, कम्बोडियन, जापानी देशका खानाका परिकारहरुका स्टल रहने अध्यक्ष ज्ञवालीले न्यूज ओकेलाई बताए । लुम्बिनी सडक महोत्सवलाई अंग्रेजी नँया वर्षको पूर्व सन्ध्यामा गरिने न्यू इयर इभ लुम्बिनी फूड फेस्टिभलका रुपमा देशविदेशमा एउटा ब्राण्डेड प्याकेजका रुपमा लैजाने र यसले लुम्बिनी र यस क्षेत्रको पर्यटन क्षेत्रको प्रवद्र्धन हुने अपेक्षा आयोजकको छ । ‘‘यसपटक विगतमा भन्दा परिमार्जन गरी फूड फेस्टिभल आयोजना हुनेछ र हामीले संस्कृतिलाई पनि जोड दिएका छौं, बुद्धत्व झल्कने साँस्कृतिक कार्यक्रम पस्कने तयारीमा हामी छौं ।’’ अध्यक्ष ज्ञवालीले भने ।
आठौं संस्करणको लुम्बिनी फूड फेस्टीभलमा लुम्बिनीमा आउने स्वदेशी, विदेशी पर्यटक, स्थानीय भैरहवा, बुटवल र अन्य ग्रामिण बजारबाट मात्र नभई सिमावर्ति भारतीय बजारबाट समेत सहभागी हुन आउने छन् ।
फूड फेस्टीभलमा विभिन्न खानाका स्टल मात्र नभई स्थानीय घरेलु सामग्री, ह्याण्डी क्राफ्टस धातु तथा पत्थरका मुर्ति, माला, लोकल गार्मेन्टस्का स्टल समेत राखिने र त्यसले सहभागी हुन आउनेलाई थप आकर्षण हुने आयोजकको भनाई छ । लुम्बिनी बजारमा बेलुका ४ बजेदेखि राती १२ बजेसम्म फूड फेस्टीभल आयोजना हुनेछ । सडक खाना महोत्सवका दिन लुम्बि नी क्षेत्रका होटलहरुमा आवासमा विशेष छुट दिइने आयोजकले बताएका छन् । कोरोना भाइरस संक्रमणले अस्तव्यस्त भई बामे सर्दै गरेको पर्यटन क्षेत्रलाई थप टेवा दिन फूड फेस्टीभलले मद्धत पुग्ने आयोजकको भनाई छ ।
Get real time update about this post categories directly on your device, subscribe now.