श्रीन्यूज ओके रिपोर्टर
मर्चवार ।
राष्ट्रिय गानको सम्मान गर्दै रुपन्देहीको कोटहीमाई गाउँपालिकाले अब दैनिक रुपमा राष्ट्रिगान सुरुवात गरेर मात्रै नियमित काम सुरु गर्न थालेको छ । बिहान कार्यालय सुरु हुनु अघि कार्यालय प्राङ्गणमा सामूहिक रुपमा राष्ट्रिय गान शुरु गरेर मात्र दैनिक कार्य सुरु गर्ने कार्यको थालनी गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनन्तपाणि मरासिनीले बताए । राष्ट्रिय गानको सम्मान साथै गाउँपालिका भित्र कार्यरत कर्मचारीहरुलाई मर्यादित तथा जिम्मेवारपूर्ण बनाउन र सोही समयमा कार्यालयमा आउने सेवाग्राहीलाई पनि राष्ट्रियता प्रति जिम्मेवारी बोध गराउने उद्धेश्यले कार्यक्रम सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत मरासिनीले जानकारी दिए ।
प्रत्येक दिन सबै कर्मचारीले विहान १०ः०० बजे कार्यालयको प्राङ्गणमा भेलाभई राष्ट्रियगानमा सहभागी भएर मात्रै आ–आफ्नो शाखागत कार्य शुभारम्भ गरिने व्यवस्था सुरु भएको प्रमुख प्रशासकीय अधिकृत भनाई छ । राष्ट्रिय गानमा दैनिक रुपमा अनिवार्य उपस्थिति जनाउँदा सबैलाई समयमै कार्यालय आउने वातावरण बन्ने र राष्ट्र र राष्ट्रियता प्रति लगाव हुने जनाइएको छ । १० बजे भन्दा पहिला सबैले कार्यालयमा आई उपस्थिति पुस्तिकामा दस्तखत गरी १० बजे सामूहिक राष्ट्रिय गान कार्यक्रमका लागि प्राङ्गणमा मा उपस्थित हुनु पर्ने र त्यसपछि शाखागत फाटमा गएर आआफ्नो जिम्मेवारी पुरा गर्नु पर्नेछ ।
कोटहीमाई गाउँपालिकाले सुरु गरेको यो कार्यलाई जिल्लाका अन्य स्थानीयतह र सरकारी कार्यालयले पनि अनुसरण गर्न सके समयमै कार्यालय पुगेर कार्य सम्पादन गर्न सक्ने छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.