- न्यूज ओके रिपोर्टर
भैरहवा
लायन्स क्लबहरु माझ छुट्टै पहिचान बनाएको लायन्स क्लब अफ सिद्धार्थनगर लोटस्ले चौथो स्थापना दिवस मनाएको छ । स्थापना दिवसका अवसरमा क्लबले सहयोग, सम्मान र अवार्ड बितरण गरेको थियो । क्लबले सोमबार भैरहवामा आयोजना गरेको चार्टर नाइट तथा अवार्ड सेरोमोनीमा सिद्धार्थनगर नगरपालिका–९ निवासी क्यान्सरपीडित ममता मल्लाहको उपचारमा सानै रुपमा भए पनि सहयोग पुगोस भन्दै २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेकोे क्लबका अध्यक्ष मञ्जु खरेलले जनाइन् । कार्यक्रममा क्लबका गतिविधि साथै अन्य क्षेत्रका समाचारहरुबारे सञ्चार माध्यममार्फत समाचार सम्प्रेषण गरी लायन्सको अभियानमा सहयोग पु¥याएको भन्दै पत्रकारद्वय मनोरञ्जन शर्मा र रबिन्द्र प्रताप गुप्तालाई नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा क्लबका संस्थापक सदस्य सदस्यहरु लगायतलाई प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु नेपालका सेकेण्ड भाइस गभर्नर नवराज न्यौपानेले लायन्स सिद्धार्थनगर लोटस्ले स्थापनाको छोटो समयमै राम्रो कार्य गर्न सफल भएको बताए । विशिष्ट अतिथि डिष्ट्रिक एक्जुकेटिभ चिफ महेशचन्द थापाले भैरहवा क्षेत्रमा रहेका ३० वटा लायन्स क्लब अझ क्रियाशिल भइ सामाजिक कार्यमा जुट्नुपर्ने जनाए ।
कार्यक्रममा को–चिफ एडभाइजर ओम कुमार श्रेष्ठ, डिष्ट्रिक डेपुटी चिफ विजय पाण्डे, एओजी अमृत थापा, रिजन चेयरपर्सन ओम जैसी, डिष्ट्रिक प्रोग्राम मेम्बर नेत्र प्रसाद आचार्य, लायन्स क्लब अफ सिद्धार्थनगरका कार्यवाहक अध्यक्ष चन्द्र बहादुर थापा, लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथका अध्यक्ष तनु शर्मा कसौधन, लायन्स क्लब अफ सिद्धार्थनगर लोटसका संस्थापक अध्यक्ष अनिता थापा, क्लबका निवर्तमान अध्यक्ष दुर्गा आचार्य लगायतले बोल्दै लायन्स सिद्धार्थनगर लोटसले आगामी दिनमा पनि रचनात्मक कार्यहरुलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए । लायन्स क्लब अफ सिद्धार्थनगर लोटसका अध्यक्ष मन्जु खरेलको अध्यक्षता, क्लबका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक ललिता बक्षारको स्वागत, तृतीय उपाध्यक्ष पार्वती अधिकारीको ध्वजा अभिवादन तथा सचिव सरिता आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.