- न्यूज ओके रिपोर्टर
भैरहवा
लायन्स क्लब अफ सिद्धार्थनगरका पूर्व अध्यक्ष नवराज न्यौपानेले वर्ष २०२१–२२ का लागि लायन्स क्लब डिस्ट्रिक ३२५ पि को गभर्नर पदका लागि उम्मेदवारी दिएका छन् । अहिले डिस्ट्रिक ३२५ बि–२ को सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर रहेका न्यौपाने लायन्स अन्तराष्ट्रिय ३२५ बी २ विभाजित भएपछि बनेको लायन्स जिल्ला ३२५ पि को लागि गभर्नर पदमा निर्वाचन लड्दैछन् । देशको ४ डिस्ट्रिक मध्ये डिस्ट्रिक ३२५ बि २ बहुविभाजन भई रुपन्देही, पाल्पा, नवलपरासी, कपिलवस्तु र काठमाडांैका १५ क्लबहरु समेटी डिस्ट्रिक ३२५ पी बनेको हो ।
डिष्ट्रिक गर्भनर पदमा न्यौपानेले उम्मेद्धवारी दर्ता गरेसँगै यति बेला निर्वाचनको सरगर्मी लायन्स सदस्यहरु माझ बढेको लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष भिष्म न्यौपानेले बताए । ‘‘हाम्रो क्लबको पर्व अध्यक्ष नयाँ डिस्ट्रिकको गभर्नर पदमा उठ्नु भएको छ र यो हाम्रो लागि गर्वको विषय पनि हो, उहाँको जितको आधारहरु पनि छन्, लामो समयदेखि लायन्स क्लबमा उहाँ आफूलाई समर्पण गरेको र लायन्स अभियानमा सकृय रहेकोले पनि धेरै क्लबको साथ उहाँलाई रहेको छ ।’’ न्यौपानेले भने । निर्वाचनमा प्रत्येक शाखाबाट प्रत्येक १० सदस्य बराबर एक मत अधिकार हुन्छ । जसमा अध्यक्ष, सचिव र कोषाध्यक्षले अनिवार्य मत हाल्नु पर्छ । त्यसै गरी हालै स्थापना भएका नयाँ क्लबहरुको भोटिङ्ग राइट १ वटा मात्र हुन्छ । जम्मा ३ सय २६ जना मतदाता रहेका छन् । गभर्नरका उम्मेदवार न्यौपानेले ‘‘आफूले गभर्नर भए पश्चात प्राप्त गर्ने भत्ता तथा सुविधा वापतको सबै रकम आफूले नलिई लायन्स अभियानलाई नै समर्पण गर्ने र नयाँ डिस्ट्रिकका लागि आवश्यक नयाँ सचिवालय भवन निर्माण तथा अन्य पूर्वाधार निर्माणमा समेत एक आर्थिक वर्षको आफ्नो आम्दानी बराबरको रकमको योगदान गर्दै लायन्स क्लब माध्यमबाट सामाजिक सेवामा निरन्तर खटिरहने बताएका छन् । म जहिले पनि लायन्स अभियानमा खटिरहने छु, जुटीरहने छु ।’’ न्यौपानेले भने । चितवनमा फागुन ७ मा हुने निर्वाचनमा डिस्ट्रिक गभर्नर पदमा बुटवलका उमंग देवकोटाले पनि उम्मेदवारी दर्ता गराएका छन् । त्यसै गरी दोश्रो भाइस डिस्ट्रिक गभर्नरमा ४ जनाको उमेदवारी परेको छ भने प्रथम भाइस डिस्ट्रिक गभर्नर पदमा अर्जुन मान सैजुको मात्र उम्मेद्वारी परेको निर्बाचन मनोनयन समितिका सदस्य महेश चन्द्र थापाले बताए । द्वितिय भाइस डिस्ट्रिक गभर्नर पदमा पाल्पाका सुशील प्रधान, काठमाडांै क्षेत्रका कुश मल्लि, बुटवल क्षेत्रका बालाराम भट्टराई र पुरुषोत्तम प्राधानंगका विच प्रतिस्पर्धा हुने भएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.