- न्यूज ओके रिपोर्टर
भैरहवा ।
इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देही र सामुदायिक वन उपभोक्ता समूहको टोलीले रुपन्देहीको कञ्चनबाट अवैध रुपमा ल्याइएको सालको काठ बरामद गरेको छ । बुधबार विहान ११ बजेको समयमा कञ्जन गाउँपालिका वडा नं. १ गजेडी स्थित भित्री सडक खण्डमा लु ४ त १९३८ नम्बरको ट्रयाक्टरमा लोड गरी ल्याउँदै गरेको ४३२१ क्यूविक फिट बरामद भएको हो ।
करिब १ लाख ८ हजार मूल्य बराबरको काठ आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय फायरलाई बुझाएको रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.