- भैरहवा ।
रुपन्देही जिल्ला ट्राफिक कार्यालय क्षेत्र भित्र रहेका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी आर्थिक वर्ष २०७८।७९ मा ९४ जनाले ज्यान गुमाएका छन् । कार्यालय प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक केशब केसीका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा दुर्घटना र मृत्यु दुबै बढेको छ । वर्ष २०७७।७८ मा १६२ वटा दुर्घटना हुँदा ८२ जनाको ज्यान जादा २०७८।७९ मा १७२ वटा दुर्घटना हुँदा ९४ जनाको ज्यान गएको छ ।
हामीले दुर्घटना पछि अध्ययन गर्दा बेलुका ६ बजेपछि मध्यरात १२ बजेको समयमा बढी दुर्घटना भएको पाइएको छ । त्यसैले ‘‘अभिभाबकहरुले बेलुका सवारी साधन लिएर जाने छोराछोरीहरु कहाँ गइरहेछन, कति ताढा गएका छन् र के कस्ता कार्यक्रममा जाँदैछन् ध्यान दिनु पर्छ ।’’ निरीक्षक केसीले भने । केसीका अनुसार सो समयमा गत आर्थिक वर्षमा ७२ वटा दुर्घटना भएका थिए र अधिकांश मोटरसाइकल, स्कुटर रहेका छन् ।
‘‘जिल्लामा सबैभन्दा बढी सवारी दुर्घटना भनेकै मोटरसाइकल स्कुटर हो ।’’ उनले भने । अधिकांश दुर्घटना तिब्र गतिका कारणले भएका छन् । गएको वर्ष तिब्र गतिका कारण १५२ वटा दुर्घटना हँुदा चालकको लापरबाहीले ९ दुर्घटना भएको अध्ययनले देखाएको निरीक्षक केसीले बताए । गत आर्थिक वर्षमा सबैभन्दा बढी दुर्घटना मोटरसाइकल स्कुटर भएका थिए । कार्यालयका अनुसार १४८ मोटरसाइकल र स्कुटर दुर्घटनामा परेका थिए ।
सवारी चलाउँदा सचेतना अपनाए, ट्राफिक नियम पालना गरे, तिब्र गतिमा नचलाए दुर्घटनाको जोखिममा नपरीने निरीक्षक केसीले भने । ‘‘आफ्नै लेनमा तोकिएको गतिमा सबै सवारी चालकहरुमा म सवारी साधन चलाउन आग्रह गर्छु ।’’ उनले भने । ‘‘एक पटकको जीवन हो, बारबार पाइदैन, हतार गरेर तिब्र गतिमा सवारी नचलाऔं, मदिरा सेवन गरी नचलाऔ, सवारी चलाउदा घरमा परिवारले पर्खीरहेका छन् भन्ने जहिले ध्यान दिऔं ।’’ केसीले भने । सवारी दुर्घटना हुँदा ज्यान गुमाउनेको अवस्था भयावह छ । १० वर्षे द्वन्द कालमा जति नागरिकको ज्यान गयो त्यो समयमा त्यो भन्दा बढी सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको संख्या छ, न्यूज ओके लाइभको ओके संवाद कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक केसीले भनेका थिए ।
पार्किङ व्यवस्थापनमा सहयोग गर्नुहोस्
सडकमा गुड्ने होस् या रोकिएको सवारी साधनको व्यवस्थापन गर्नेदेखि लिएर सवारी साधनको चेकजाच गर्ने मुख्य काम ट्राफिक प्रहरीको हो । अहिले ट्राफिक व्यवस्थापनका लागि रूपन्देही जिल्ला ट्राफिक प्रहरी कार्यालयले सकृयता बढाउँदै लगेको छ । विभिन्न समयमा सेवाग्राहीसँग अनावश्यक रूपमा रकम असुली गर्ने गरेको आरोप खेप्दै गर्ने गरेको ट्राफिक प्रहरीले अहिले भैरहवामा आफ्नो सकृयता बढाउँदै लगेको छ । बजारमा यातायात पार्किङ्गका लागि गर्दै आएको भूमिकाको अहिले प्रसंशा गर्दै ट्राफिक प्रहरीलाई प्रोत्साहन गर्ने बेला आएको छ । तर राम्रो सँग व्यवस्थापन गर्न तम्सिएको प्रहरीलाई भने अहिले स्थानीयहरूले खासै मदत गरेका छैनन् । सिमित सडक तथा बाटोहरूमा दिनहँु बढीरहेका असिमित सवारी साधनहरूको व्यवस्थापन गर्नु निकै चुनौतीपूर्ण रहेको निरीक्षक केसीले बताए ।
अहिले स्थानीय र व्यवसायीहरूलाई आफ्नै घर तथा व्यापारीक प्रतिष्ठान अगाडी पार्किङ्ग गर्ने गलत मानसिकताका कारणले गर्दा समस्या देखिदैँ आएको छ । ठेला गाडादेखि, रिक्सा, साइकल, मोटरसाइकल, कार, बस, मालबाहक ट्रक, जिप, भ्यान सबैको व्यवस्थापन मात्र नभई सडकमा हिड्ने पैदलयात्रुहरूको व्यवस्थापन समेत ट्राफिक प्रहरीले गर्नुपर्ने र आफुहरुसंग सिमित साधन श्रोत, जनशक्तीकै प्रयोगले काम गर्दै आएकाले सहयोग गर्न सबैसँग उन्ले आग्रह गरे ।
Get real time update about this post categories directly on your device, subscribe now.