- मनोरन्जन शर्मा
भैरहवा
आज साउन १५ । बिहानैदेखि झरी परेको छ । ‘‘साउनको झरी बनी तिमी आउन, मेरो मनको अधेरीमा जुन छाउँन् ’’ स्वर सम्राट स्व.नारायण गोपालको यो गीत चर्चित हो । साउनको झरी बनी प्रियलाई बोलाएका छन् ।
आज रुपन्देही क्षेत्रमा बिहानैदेखि झरी पर्दा मौसम अति मन मोहक र कामुक बनेको छ । झरीका कारण सडकबाटाहरुमा सर्ब साधारणहरुको उपस्थिति पनि पातलो छ । किसानहरु पनि खुशी छन् । रोपिएको धानलाई साउनको झरी अमृत जस्तै बन्न पुगेको छ ।
आज साउन १५ । खिर खाने दिनका रुपमा पनि लिइन्छ । पोसक्तव धेरै भएको खिर आज खाने गरिन्छ । खेतीपाती सकेर थाकेका किसानहरुलाई उर्जा प्राप्त होस् भनी घरमा खिर पकाइ खुवाउने चलन छ । त्यसैले साउन महिना भरी खिर खाने गरिन्छ, तर साउन १५ विशेष दिन हो । सिद्धार्थ गौतमले पनि ज्ञान प्राप्त गर्नु अघि खिर खाएको उल्लेख छ । आज झरी परेका दिन बुद्ध जन्मस्थ्ल लुम्बिनी क्षेत्रका हाम्रा सहयोगी प्रल्हाद यादवले खिचेका केही तस्विर प्रस्तुत छः
Get real time update about this post categories directly on your device, subscribe now.