- न्यूज ओके रिपोर्टर
भैरहवा ।
ओयूको (ओके मिडिया तथा यूनिक साउन्ड) आयोजनामा विहीबार भैरहवामा तिज उत्सव २०७९ आयोजना हुँदैछ । उज्ज्यालो चोक, सानु डिपार्टमेन्टल स्टोरको पार्किङ्ग क्षेत्रमा दिउँसो ३।३० बजेदेखि राती ९ बजेसम्म तिज उत्सव हुने कार्यक्रमका संयोजनकर्ता एवं यूनिक साउण्डका सञ्चालक रइस खानले बताए ।
यस क्षेत्रका दिदीबहिनीहरुलाई एकै स्थानमा ल्याएर शुभकामना साटासाट साथै मनोरञ्जन प्रदान गर्नु कार्यक्रमको उद्देश्य भएको कार्यक्रम संयोजक एवं ओके मिडियाका निर्देशक मनोरञ्जन शर्माले बताए । ‘‘होटल रेष्टुरेण्टमा सिमित रहँदै आएको तिजका कार्यक्रमलाई खुल्ला रुपमा दिदीबहिनीलाई भेला गराई तिजमय वातावरण प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो ।’’ शर्माले भने ।
कार्यक्रममा शुभकामना सहित तिजको महत्व, तीजमा दर खाँदा र ब्रत बस्दा ध्यान दिनुपर्ने कुराबारे चिकित्सकको भनाइ, तीजको सौन्दर्यता, ब्यूटी टिप्सबारे जानकारीका साथै विविध साँस्कृतिक कार्यक्रम, तिज गित, तीज गीतमा नृत्य र गायन कार्यक्रम हुने शर्माले जानकारी दिए ।
सांगीतिक कार्यक्रममा रेनु राना मगर, कल्पना कुशुम, आरती रुचाल, हरिकला सुनार र ए.एस. डान्स समूहको प्रस्तुति उनले बताए । त्यस्तै फूड स्टल, तीजका सामग्री बिक्री, फ्री मेहन्दी, तीज कोशेली, कस्मेटिक सामान, गिफ्ट हेम्पर र दर समेत खुवाउने कार्यक्रम रहेका आयोजकले जनाएका छन् ।
कार्यक्रममा सहयोगी संस्थाका रुपमा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही, उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश, कृषि विकास बैंक लिमिटेड, जेसीआई सिद्धार्थ लेडी नेपाल, लायन्स क्लब अफ सिद्धार्थनगर नोबल लेडिज, आस्था उद्यमी महिला संघ, लायन्स क्लब अफ सिद्धार्थनगर लोटस्, लायन्स क्लब अफ सिद्धार्थनगर टुलिप, लायन्स क्लब अफ सिद्धार्थनगर सृजनशील, ब्यूटिसियन संघ सिद्धार्थनगर, इनरह्वील क्लब अफ लुम्बिनी, लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडी, श्री कञ्चन मिडिया, पञ्चकन्या गु्रप, सोनाटा कस्मेटिक्स, लगायत संस्था रहेका छन् । त्यस्तै कार्यक्रममा साउण्ड लाइट पार्टनरका रुपमा युनिक साउण्ड, हस्पिटालिटी पार्टनरका रुपमा कौशी डाउनटाउन, ग्राफिक्स प्रिन्टीङ्ग पार्टनरका रुपमा एके ग्राफिक्स, सक्षम कला एण्ड स्टिकर होम, मिडिया पार्टनर न्यूजओके रहेका छन् ।
तिज उत्सवमा प्रवेश निःशुल्क रहेको छ । कोरोना महामारीको कारण व्यवसाय प्रभावित भएको समयमा स्थानीय स्तरमा खुल्ला रुपमा कार्यक्रम आयोजना हँुदा बजार पनि गुलजार हुने आयोजकको भनाई छ । ओयू समूह (ओके यूनिक)ले यस अघि अंग्रेजी नववर्ष २०२२ को पूर्व सन्ध्यामा भैरहवामा फूड फेस्टीभल आयोजना गरिसकेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.